News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेको पाँचखालमा गाडीको ठक्करबाट स्कुटर चालक २४ वर्षीया मिनकुमारी श्रेष्ठको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ।
- अरनिको राजमार्गमा गाडीले स्कुटरलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको र गाडी चालक ४३ वर्षीय कर्णबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- दुर्घटनामा परी घाइते भएका गाडीमा सवार ६५ वर्षीय गोपाल भुजेलको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
१७ असार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखालमा गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
अरनिको राजमार्ग अन्तर्गत पाँचखाल-४ मा प्र.३-०२-०१३ प ९५०१ नं. को स्कुटरले बाटो क्रस गर्ने क्रममा काठमाडौंबाट बाह्रबिसे सिन्धुपाल्चोक तर्फ जाँदै गरेको बा ०८-००१ ज ०१५० नं को गाडीले ठक्कर दिँदा स्कुटर चालकलाई ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट स्कुटर चालक सिन्धुपाल्चोक जलबिरे गाउँपालिका-१ घर भई हाल पाँचखाल माइक्रो फाइनान्समा काम गर्ने २४ वर्षीया मिनकुमारी श्रेष्ठको मृत्यु भएको काभ्रेका प्रहरीका सूचना अधिकारी रविन विस्टले जानकारी दिए ।
विस्टका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार गाडी चालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-७ का ४३ वर्षीय कर्णबहादुर कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
गाडीमा ८ जना सवार मध्ये सिन्धुपाल्चोक बलेफी गाउँपालिका-७ का ६५ वर्षीय गोपाल भुजेल घाइते भएका छन् । उनको पनि धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4