Comments Add Comment

पहिरो

List Grid
बाढीपहिरोबाट ७ वर्षमा १६ सयको मृत्यु, देशैभरी जोखिम

१८ असार, काठमाडौँ । ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ । कमजोर भू–धरातलमा बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँ सराइका कारण बढेको वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण बाढी पहिरोको जोखिम बढेर गएको हो । जानकारहरुका अनुसार महाभारत पर्वत […]

पानीको सतह बढेपछि महाकालीको पुलमा गाडी बन्द

१८ असार, कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमी सीमानाका गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङ्ग्रे गाडी आवतजावत बन्द गरिएको छ । गए रातिदेखि परेको वषर्ाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले सोमबार दिउँसो ३ वजेपछि पुलमा चार पांग्रेे सवारी साधनको अवागमन बन्द गरेको हो । महाकाली नदीमा पानीको बहाव एक […]

काठमाडौंको धर्मस्थलीमा महादेव खोलाले बगाउँदा एक जनाको मृत्यु

१८ असार, काठमाडौं । काठमाडौंको धर्मस्थलीस्थित महादेव खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–६ का प्रकाश पुर्कुटी छन् । उनी निर्माण मजदुर हुन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले खोलामा आएको बाढीले बगाउँदा पुर्कोटीको मृत्यु भएको पुष्टि गरे । ‘महादेव खालाले उनलाई धर्मस्थलीबाट बगाएको थियो । हामीलाई खबर […]

देशभर नै बाढीपहिरोको जोखिम, ७ वर्षमा १६ सयको मृत्यु

१८ असार, काठमाडौँ । ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ । कमजोर भू–धरातलमा बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँ सराइका कारण बढेको वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण बाढी पहिरोको जोखिम बढेर गएको हो । जानकारहरुका अनुसार महाभारत पर्वत […]

देशभर अझै दुई दिन वर्षा हुने

१८ असार, काठमाडौँ । मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै देशैभर मध्यमदेखि भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुई दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम, केही स्थानमा भारी र एक दुई स्थानमा अत्याधिक वर्षा हुने छ । मनसुन न्यून चापीय रेखा तराईको आसपासमै रहेकाले बुधबारसम्म बदली र वर्षाको […]

पहिरोले घर पुरिँदा रोल्पामा सुत्केरीसहित तीन, कैलालीमा एकको मृत्यु

१८ असार, रोल्पा । नजिकैको पर्खाल भत्किएर अाएको पहिरोले घर पुरिँदा सुत्केरीसहित तीनजनाको मृत्यु भएको छ । पर्खाल भत्किएर रुन्टिगढी गाउँपालिका-५ सोइबाङमा ११ बजेतिर राजकुमार बिकको घर पुरिँदा उनकी श्रीमती २२ वर्षे कमला, १८ दिनकी छोरी आयुुसा र राजकुमारकी दाइकी छोरी १५ वर्षीया चित्राको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । […]

धादिङको कृष्णभीरमा पहिरो खस्दा जीप पुरियो

१८ असार, काठमाडौं । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको छ । जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार लु१ख २३४३ नम्बर जीप पहिरोले परेको हो । प्रहरी प्रमुख एसपी डम्बरबहादुर विकको टोली पनि अहिले घटनास्थलमा पुगेको छ । विकका अनुसार जीपको केहिवेर अघि उद्दार गरिएको छ । समयमै उद्दार हुन […]

वर्षाले भरतपुरमा हवाइ सेवा प्रभावित

१८ असार, चितवन । अविरल वर्षाका कारण भरतपुरमा हुने उडान रोकिएका छन् । काठमाडौंबाट भरतपुर र पोखराबाट भरतपुर हुने उडान रोकिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय भरतपुरका प्रमुख पवन गौत्तमले जानकारी दिए । विहान ९ बजे हुनुपर्ने उडान मध्यान्ह १२ बजेसम्म भएन । ‘पानी कहिले बढ्ने र कहिले घट्ने क्रम जारी नै छ, तल्लो तहमा समेत […]

राप्तीमा बाढी आएपछि सौराहाका रेष्टुरेन्टका सामान सारियो

१८, असोज, चितवन । चितवनको पर्यटकीय केन्द्र सौराहाको राप्ती किनार नजिकका रेष्टुरेन्टहरु सम्भावित बाढीको डरले सुरक्षित स्थानमा सार्न थालिएको छ । राप्ती नदीको तटिय क्षेत्रमा नदीको बहाव बढ्दै गएको छ । पर्यटकहरु रमाउने पव क्षेत्रमा पानीको सतह आइसकेको छ । हेटौंडा र पूर्वी चितवनका विभिन्न खोलाहरुमा पानीको सतह बढेका कारण बाढीको खतरा सौराहामा बढी हुने […]

मकवानपुरको छेपारेमा पहिरो खस्दा सडक अबरुद्ध

१८ असार, हेटौंडा । लगातारको वर्षापछि आएको पहिरोका कारण छोटो दूरीको मदन भण्डारी मार्ग अवरुद्घ भएको छ । निर्माणको क्रममा रहेको मार्गको ईन्द्रसरोवर गाउँपालिका–२, छेपारेमा पहिरो खस्दा हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्ड अबरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान पहिरो खसे पनि लगातार वर्षा हुँदा पहिरो हटाउन सकिएको छैन। सडक अवरुद्घ भएपछि कुलेखानी–फाखेल खण्डमा सवारीचाप […]

पहिरोपछि नारायणगढ मुग्लिन सडक एकतर्फीमात्र सञ्चालन

३, असार, चितवन । आइतबार साँझ पानीसँगै आएको पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड आइतबार साँझ ७ बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका ६ स्थित जलविरे भन्ने ठाउँमा पहिरो झरेपछि सडक अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । साँझ पौने ६ बजे पहिरोसँगै रुख र बिजुलीको पोलसमेत लडेकोले त्यसलाई […]

धादिङमा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु

४ फागुन, धादिङ । धादिङको निलकण्ठ नगरपालिका–१३ केरौजास्थित धादिङ–तिप्लिङ सडकखण्डमा शुक्रबार सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । मृत्यु हुनेमा कैलालीका ३० वर्षीय राजु चौधरी छन् । पहिरोमा पुरिएका कामदार नुवाकोट बाघखोरगढी नगरपालिका–२ का २१ वर्षीय रबीन्द्र तामाङलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल पठाइएको हो । त्यहाँ सामान्य उपचार […]

पश्चिमको तुलनामा पूर्वी नेपालको मौसममा सुधार

३० साउन, काठमाडौं । पूर्वी नेपालमा मौसममा क्रमिक सुधार आउन थाले पनि पश्चिम नेपालमा जोखिम कायमै रहेको मौसमविदले बताएका छन् । पूर्वी नेपालमा अब भारी वर्षा नहुने तर देशैभर मध्यमखालको  वर्षा भने जारी रहने जल तथा मौसम विज्ञान बिभागले जनाएको छ । ‘पूर्वी, मध्य र पश्चिम क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुन्छ,’ मौसमविद् राजु प्रधानांगले […]

तराईमा ठूला नदीभन्दा खहरे खोलानाला खतरनाक !

२९ साउन, काठमाडौं । कवि शिरोमणि लेखनाथ पौड्यालले ठिकै भनेका रहेछन्- छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ । उर्लँदो खहरे हेर, कत्तिको गडगडाउँछ ! इटहरी उपमहानगरपालिकाको ट्यांग्रा खोलो कुनै ठूलो नदी होइन । बजारको पूर्वी भागमा अवस्थित यो खोलो झट्ट हेर्दा एउटा कुलोजस्तो मात्रै देखिन्छ । तर, शुक्रबार राति बाढी आउँदा यही नपत्याउने खोलो […]

नवलपरासीको दाउन्ने सडकखण्ड खुल्यो

२९ साउन, परासी । तीन दिनदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक सञ्चालनमा आएको छ । आइतबार दिउँसोबाट सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो । लगातारको वर्षाका कारण नवलपरासीको दाउन्ने क्षेत्रमा पहिरो गएर सडक भासिएको थियो । विभिन्न स्थानमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको थियो । विनयी-त्रिवेणी गाउँपालिका र बर्दघाट नगरपालिका क्षेत्रमा पर्ने दाउन्नेमा […]

सौराहाका अधिकांश होटल डुबानमा, ६ सय पर्यटक प्रभावित

२९ साउन, चितवन । अविरल वर्षाका कारण चितवनको पर्यटकीय स्थल सौराहाका अधिकांश होटल डुबानमा परेका छन् । सौराहमा पर्यटकलाई लक्षित गरेर सञ्चालमा आएका १ सय १० होटल डुबानमा परेका हुन् । डुबानका कारण चितवन घुम्न आएका पर्यटकहरु समेत प्रभावित भएका छन् । सौराह क्षेत्रमा करीब ६ सय पर्यटक रहेको अनुमान गरिएको छ । होटलको ग्राउण्ड फ्लोर […]

बर्दियामा ५ हजार घर डुबानमा, दुईजनाको मृत्यु

२९ साउन, बर्दिया । नदी र खोलाहरुमा आएको बाढीले बर्दियाका पाँच हजार घर परिवार डुबानमा परेका छन् । बाढीका कारण बर्दियामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बाढीका कारण सदरमुकाम गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिका बढी प्रभावित बनेका छन् । ति स्थानहरुमा करिब ५ हजार […]

बाँकेको कृषिचौखेरीमा ५० बढी फसे

२९ साउन, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका-१ कृषिचौखेरीमा ५० जनाभन्दा बढी बाढीमा फसेका छन् । उनीहरुको अझैसम्म उद्दार हुन सकेको छैन । उनीहरु राप्ती नदीको दुई भंगालोको बीचमा फसेका छन् । उनीहरुले छिटो उद्दार गर्न आग्रह गरेका छन् । राप्तीमा पानीको सतह बढेको छ र स्थानीय प्रशासनले खतराको जनाउ दिन साइरन बजाउन सुरु गरेको छ […]

बिराटनगर महानगरमा १३०० घर डुबानमा, पीडितले पानीसमेत पिउन पाएनन्

२९ साउन, मोरङ । मोरङको विराटनगर महानगरपालिकामा १ हजार ३ सय घर डुबानमा परेका छन् । मोरङ जिल्लाभर २ हजार ३ सय घर परिवार डुबानमा परेको अनुमान छ । डुबान क्षेत्रबाट ३०० परिवारका ८०० जनाको उद्धार गरिएको छ । पीडितले पानीसमेत पिउन पाएका छैनन् । महानगरपालिकाको ८० प्रतिशत भूभाग डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

२९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । तराई मधेसका अधिकांश जिल्ला बाढीको डुवानमा परेपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । साँझ ५ बजे बालुवाटारमा बस्ने बैठकमा उद्दार तथा राहतबारे छलफल हुनेछ । साथै बाढी प्रभावित क्षेत्रमा संकटकाल घोषणा गर्नेबारे समेत छलफल भइरहेको एक मन्त्रीले बताए ।

बाढी पीडितलाई भेटेर गृहमन्त्रीले भने- संयम भएर बस्नुस्

२९ साउन, कोहलपुर । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बाँके र बर्दियाको बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् । उनले बाढी पीडितलाई भेटेर तत्काल राहत तथा उद्धारका कार्यक्रम सञ्चालन गर्ने भन्दै संयम भएर बस्न अनुरोध पनि गरेका छन् । बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न गृहमन्त्री शर्मा सहितको टोली आइतबार बिहान बाँके पुगेको छ । उनले लक्ष्मणपुर […]