
१२ असोज, काठमाडौं । शनिबार विपद, बाढी र पहिरोका कारण राजमार्गमा अलपत्र परेका यात्रुको उद्धारका लागि निर्माणाधीन नागढुंगा सुरुङमार्ग प्रयोगमा ल्याइएको छ ।
सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार शनिबार सुरुङमार्गमा साना सवारी साधनलाई प्रवेशको अनुमति दिइएको थियो । जुन गाडी मुग्लिनबाट पास भएर काठमाडौंतर्फ आएर रोकिएका थिए, ती गाडी र यात्रुलाई मात्र काठमाडौं भित्र छिर्न दिइएको छ ।’
सुरुङमार्ग मार्फत कति मानिस भित्रिए भन्ने चाँही यकिन संख्या नरहेको उनले बताए । सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो गएपछि शुक्रबार साँझबाटै सवारी साधन तल रोकिएका थिए ।
ती सवारी साधनलाई शनिबार सुरुङमार्ग हुँदै पठाइएको हो । ठूला सवारीलाई भने प्रवेश गर्न दिइएन । काठमाडौंबाट बाहिरिन भने यो सडक प्रयोग गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4