+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

घाँसीकुवाको पहिरो पन्छाउन सुरु, आज दिनभर लाग्नसक्ने

साना–ठूला गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ६ गते ९:१०

६ भदौ, काठमाडौं । मुग्लिन-पोखरा सडकखण्ड अन्तरगत तनहुँ घाँसीकुवाको पहिरो हटाउन आज बिहानबाट थालिएको छ । पहिरो ठूलो भएकाले पूरै पन्छाउन आज दिनभरी लाग्ने अनुमान छ ।

बुधबार तनहुँको ब्यास नगरपालिका १२ घाँसीकुवामा पहिरो झरेको थियो । प्रहरीका अनुसार ठूला रुखसहित झरेको पहिरोले सडकको करिब डेढ सय मिटर भाग ढाकेको थियो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आज बिहानदेखि सडकको दुवैतर्फबाट पहिरो पन्छाउने काम जारी रहेको बताए । उनका अनुसार सडक विस्तारको काम गर्दै आएको चिनियाँ ठेकेदार कम्पनी र नेपाली सेनाको टोली बाटो खुलाउने काममा खटिएका छन् ।

‘चिनियाँ कम्पनीले आफ्ना एक्स्काभेटर र नेपाली सेनाले चेन कटर प्रयोग गरेर दुवैतर्फबाट पहिरो पन्छाइरहेका छन्,’ प्रमुख जिल्ला अधिकारी गौतमले भने, ‘पहिरो पन्छाइसक्न आज दिनभरी नै लाग्ला जस्तो देखिन्छ ।’

वैकल्पिक सडक प्रयोग गर्न आग्रह

पहिरोले मुख्य सडक बन्द भएपछि साना तथा ठूला सवारी साधनहरुलाई अलग-अलग वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता दिपक कुमार रायका अनुसार साना तथा मझौला सवारी साधनहरुलाई दमौलीतर्फबाट आउनु परेमा तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवा निस्किन भनिएको छ ।

यसैगरी घाँसीकुवातर्फबाट दमौलीतर्फ जानु परेमा घाँसीकुवा, पोल्याड, रानीगाउँ हुँदै तालघरे निस्किन सकिन्छ ।

ठूला सवारी साधनहरुलाई भने डुम्रे-बेसीशहर सडकखण्ड प्रयोग गरेर पोखरा आउ-जाउ गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?