Comments Add Comment

पुल

List Grid
कास्कीका पुल निर्माण : म्याद सकियो, काम अधुरै !

१९ असोज, पोखरा । कास्कीको मादी गाउँपालिका र लमजुङको मध्यनेपाल जोड्ने ‘हंसपुर-टिमुरे’ पुल निर्धारित समयमै धमाधम बनेको भए यतिबेला दुई जिल्लाका बासिन्दालाई आउजाउ गर्न सजिलो हुने थियो । तर, समयमै पुल नबन्दा दुवै जिल्लाका स्थानीयलाई बर्खामा मर्का पर्ने गरेको छ । मादी नदीमाथि बनिरहेको उक्त पुल गत भदौमै सकिनुपर्थ्यो । तर, समय सकिएको दुई वर्षभन्दा […]

तीन सय घरपरिवार बस्ने गाउँ जोड्ने पुल भत्काएर ठेकदार फरार

१५ असोज, काठमाडौं । कतै कच्ची र कतै पक्की सडक छिचोल्दै सीतापाइला चोकबाट चार किलोमिटर उत्तर पश्चिम लागेपछि ‘रामकोट स्तुपा’ भन्ने ठाउँमा पुगिन्छ । देशको केन्द्रीय राजधानी शहर काठमाडौं उपत्यकाको नागार्जुन नगरपालिका ६ मा पर्ने उक्त ठाउँ महाँकाल र त्रिवेणी खोलाको दोभान पनि हो । अहिले यो गाउँका बासिन्दालाई जान-आउन  चरम सकस छ । खोलाको […]

बाढीले क्षतिग्रस्त पुल र सडक तत्काल निर्माण गर्न विकास समितिको निर्देशन

१७ साउन, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले बाढीका कारण क्षतिग्रस्त पुलको निर्माण तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले यसै वर्षको बाढीले क्षतिग्रस्त भएका सिराहा र धनुषा जोड्ने हुलाकी सडक अन्तर्गत कमला नदीको पुल र गाइघाट-दिक्तेल सडक खण्ड अन्तर्गत त्रियुगा नदीको पुल क्षतिग्रस्त हुनुको कारण पत्ता लगाएर यथाशीघ्र […]

वैशाखयता १८ पुल भत्किए : खोलालाई दोष, सरकार-ठेकेदार निर्दोष !

२२ असार, काठमाडौं । निर्माणाधीन र निर्माण सकिएर सञ्चालनमा रहेका पुलहरु भाँचिने र बगाउने क्रम उच्च दरमा बढेको छ । तर, यसको जिम्मेवारी लिन कोही पनि तयार छैनन्, बरु बाढी र खोलालाई नै दोष दिएर पन्छिने क्रम चलिरहेको छ । सवारी चलिरहेका पुलको सुरक्षामा गम्भीर नदेखिएको सरकार पछिल्लो समयमा पुल निर्माणका क्रममा हुने लापरवाही र […]

निर्माण नसकिंदै भासिएको कमला नदीको पुलको छत पनि झर्‍यो

१८ असार, जनकपुरधाम । स्पान धसिएपछि भासिएको कमला नदीको पुलको छत शुक्रबार झरेको छ । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पुलको १२ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको स्पान बिहीबार धसिएको थियो । धसिएको स्पानको छत शुक्रबार दिउँसो खसेको स्थानीयले बताएका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, प्रहरी प्रमुख प्रकाश रानाभाटसहितका […]

बल्ल बल्ल १० वर्षपछि बनेको पुल सामान्य बाढीले भत्कायो

१७ असार, काठमाडौं । धनुषा र सिराहाको सीमानामा बनिरहेको कमला नदीमाथिको पुलमा गत असार ५ गते पुगेका तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री उमाशंकर अरगरियाले ठेकदार कम्पनीका प्रतिनिधि (इन्जिनियर) लाई माला लगाएर धन्यवाद दिए । ‘पहिलेको ठेकदारले ढिला गर्दा यो क्षेत्रका जनतालाई दुःख थियो, तपाईंहरुले लिएपछि छिटो काम गर्नुभयो, धन्यवाद छ’ उनले भनेका थिए । तालीको गडगडाहटकै […]

नदीमा पानीको बहाब बढेपछि पुल जोखिममा   

७ जेठ, बझाङ । सदरमुकाम चैनपुरको सेती नदीमा बनेको मोटर गुड्ने क्रस पुल छेउको पर्खाल भासिएको छ । पर्खाल भासिएसँगै क्रस मोटर पुल जोखिममा रहेको छ । बुधबार रातिदेखि परेको अबिरल वर्षाका कारण सेती नदीमा पानीको बहाब बढेको र नदीले कटान शुरु गर्दा पर्खाल भासिएको हो । नदीमा पानीको बहाब बढेसँगै खोला छेउमा रहेको ग्याबिन […]

त्रिशूलीमा फेरि खस्यो २४ करोडमा बन्दै गरेको पुल

५ वैशाख, काठमाडौं । तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बनिरहेको पुल भत्किएको दुई हप्ता नबित्दै त्रिशुली नदीमा थप दुई वटा निर्माणाधीन पुलमा क्षति पुगेको छ । सडक विभागका अनुसार शनिबार राति आएको हावाहुरीले त्रिशूली नदीमा बनिरहेका दुईवटा पुलमा क्षति पुर्‍याएको हो । धादिङको मासटारबाट केउरनीटार जोड्ने पुलको फलामे संरचना भाँचिएर नदीमा खसेको […]

मदन भण्डारी राजमार्गका ३१ पुल शिलान्यास, ४ वटाको उद्घाटन

१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार झापाका विभिन्न खोला र नदीमा निर्माण भएका ४ वटा पुलको उद्घाटन गरेका छन् । उनले मदनभण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि आइतबार नै शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले गृह जिल्ला झापा पुगेर कमल खोला पुल, मावाबेतिनी पुल र रतुवा खोलाका २ वटा […]

नारायणगढ–मुग्लिन सडकखण्डमा पुल निर्माणको काम धमाधम

२५ माघ, चितवन । फराकिलो सडक तर साँघुरा र जीर्ण पुलका कारण दुर्घटनाको खतरा बढेपछि नारायणगणगढ-मुग्लिन सडकखण्डमा पुल निर्माणका काम धमाधम सुरु भएको छ । ३६ किलोमिटर लामो यस सडकखण्डमा १९ वटा पुल छन् । ती मध्ये तीनवटा नयाँ पुल बनिसकेका छन् भने, जलबीरेको पुल निर्माणको अन्तिम चरणमा छ । पहिलो चरणमा चार र पछिल्लो […]

जनताले खनेको सडक पुल नबन्दा ५ वर्षदेखि प्रयोगविहीन

२६ मङ्सिर, ताप्लेजुङ । पाँच वर्षअघि स्थानीयले आफ्नै लगानीमा निर्माण गरेको ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पर्ने आम्बेगुदिनदेखि मेहेले हुँदै खेवाङ जोड्ने सडक प्रयोगविहीन अवस्थामा छ । सडक निर्माणकै क्रममा केही समय सवारी साधन चलाइएको सडक उही समयदेखि नै प्रयोगविहीन बन्न पुगेको हो । हिउँदमा पानी घटेपछि खोलाभित्रैबाट सवारी साधन तारेर गाउँमा गाडी पुर्‍याइएको थियो । हालत […]

६ बर्षमा पनि बनेन ठिमुरा–देवघाट पुल

१९, मंसिर, चितवन । तनहुँमा नेकपा र विपक्षी दल कांग्रेसका नेताहरूका बीचमा पुल उद्घाटनको विषयले ठूलै लफडा चल्यो । कांग्रेस वरिष्ठ नेता पुल उद्घाटन गर्न जाँदा वुधवार पक्राउ परे, विहिवार उनले दलबलसहित उद्घाटन गरे । उनै पौडेलले चितवनको ठिमुरादेखि तनहुँको देवघाट जोड्ने पुल शिलान्यास गरेको ६ बर्ष बित्यो तर अझै पुलको काम सकिएको छैन । […]

३० बर्षपछि बल्ल चाक्ले खोलामा पुल शिलान्यास

१८ असोज कैलाली । गोदावरी नगरपालिका–११ कि नन्दा सार्कीकी छोरीलाई विषालु सर्पले डस्दा समयमै अस्पताल पुर्‍याउन नसक्दा बाटैमा मृत्यु भयो । ठूलो बस्ती रहेको गोदावरी नगरपालिका– ११ र १२ का वासिन्दालाई अस्पताल, विद्यालय र बजारसम्म आउन चाक्ले खोला तर्नुपर्छ । हिउँदमा खोला हिँडेरै तर्न सके पनि वर्षायाममा पुल नहुँदा तर्न सक्दैनन् । आइतबार उद्योग, वाणिज्य […]

दश वर्षदेखि अलपत्र पुल डिजाइन फेरेर निर्माण शुरु

३ भदौ, बुटवल । दश वर्षदेखि अलपत्र रुपन्देहीको तिनाउ नदीमा निर्माणाधीन पुल डिजाइन परिवर्तन गरेर फेरि निर्माण सुरु गरिएको छ । तिलोत्तमा नगरपालिकाको गोरकट्टास्थित तिनाउ नदीमाथि २०६७ असारबाट पुल बनाउन थालिएको थियो । १ सय १० मिटर लामो पुल ७० मिटर बनाइसकेपछि पिलर राख्ने ठाउँमा ठूलो चट्टान भेटिएपछि रोकिएको थियो । वेल फाउण्डेसनको डिजाइनमा ठेक्का […]

‘सरकारभन्दा ठेकेदार बलियो बनेका हुन् ?’

४ साउन, काठमाडौं । निर्माण व्यवसायीहरुले काममा ढिलासुस्ती गरेको विषयलाई बेलाबेला सरोकारवालाहरुले निकै चर्चामा ल्याउँछन् । तर, यो बिषय एउटा सदाबहार प्रथाको रुपमा रहिआएको छ । नेपालमा पप्पु कन्स्ट्रक्सन कम्पनी ढिलासुस्तीको ज्वलन्त नमूना बनेको छ । संघीय समाजवादी पार्टीका निलम्बित सांसद हरिनारायाण रौनियार सञ्चालक रहेका यो कम्पनीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत टाउको दुखाइरहेको छ […]

दानव नदीको बाढीले भत्कायो छपियाको निर्माणाधीन पक्की पुल

७ असार, बुटवल । रुपन्देहीको सियारी र मायादेवी गाउँपालिकालाई जोड्न छपियाको कालिकादिह मन्दिर क्षेत्रमा निर्माणाधीन पक्की पुल भत्किएको छ । पुल भत्किँदा दुईजना इन्जिनियरसहित पाँचजना घाइते भएका छन् । प्रिस्ट्रेसिङ प्रविधिबाट बनाइएको पुल ढलान भएको १३औं दिनमा भत्किएको हो । दानव नदीमा आएको बाढीले पुलका स्टेजिङ (टेका)हरु बगाएर खल्बल्याएपछि पुल भत्किएको सडक डिभिजन बुटवलले जनाएको […]

भत्किएको २ वर्षसम्म पुल बनेन, खोला तर्न घण्टौं हिँड्नुपर्ने बाध्यता

१७ वैशाख, विराटनगर । दुई बर्षअघि बाढीले भत्काएको पुल नबन्दा मोरङको बेलबारीका वासिन्दालाई आवतजावतमा समस्या भएको छ । २०७४ साउन २८ गते लोहन्द्रा खोलामा आएको बाढीले बेलवारी नगरपालिका ६ स्थित १ सय ७७ मिटर लामो पुल भत्काएको थियो । तर हालसम्म पुल नबन्दा बेलबारीको वडा नं १, २, ३ र ५ का वासिन्दा तीन घण्टासम्म […]

झण्डै एक अर्ब खर्चेर नारायणगढ-मुग्लिन सडकमा १४ पुल बन्दै

२४, फागुन, चितवन । निर्माण सकिएको नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने १४ वटा पुलको निर्माणको प्रक्रिया अघि बढेको छ । सडक विभागको पुल महाशाखा सडकखण्डमा पर्ने १४ वटा पुललाई ‘डिजाइन एण्ड बिल्ड’को आधारमा निर्माण गर्न दिने गरी प्रकृया अघि बढाएको छ । सो सडकखण्डमा पर्ने १८ पुल मध्ये चार वटा पुल निर्माणको चरणमा छन् । सडक विभागका उपमहानिर्देशक […]

झण्डै साढे ३ कराेड खर्चेर लुदीखोलामा बन्ने भयाे पक्की पुल

९ पुस, गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ जोड्ने लुदीखोलामाथि पक्की पुल निर्माण हुनेभएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय लमजुङ र विश्व बैंकको आर्थिक सहयोगमा पुल निर्माण हुन लागेको हो । कूल रु तीन करोड ४४ लाख ३१ हजारको लागतमा पुल निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमख […]

अब राजमार्ग मात्रै होइन, पुल पनि चार लेनका

१३ पुस, काठमाडौं । सरकारले आर्थिक तथा रणनीतिक महत्वका राजमार्गमा बन्ने महत्वपूर्ण पुलहरुलाई चार लेनमै बनाउन थालेको छ । राष्ट्रिय राजमार्ग र सीमा नाका जोड्ने मार्गहरुलाई चार लेनमा स्तरोन्नती गर्ने सरकारी नीति छ । सोही नीतिबमोजिम महत्वपूर्ण पुलहरुलाई बहुलेनमा विस्तार गर्न थालेको हो, सरकारले । यसको शुरुवात सरकारले महाकाली नदीमा बन्ने पुलबाट गर्दैछ । शारदा […]

तमोर नदीको मोटरेबल पुलको निर्माण सुरु भएन

१ मंसिर, ताप्लेजुङ । गत साउनमा बाढीले बगाएको ताप्लेजुङको दोभानस्थित तमोर नदीको मोटरेवल पुलको काम अझै सुरु हुन सकेको छैन । साढे छ वर्षअघि तत्कालिन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङद्वारा शिलन्यास भएको सो पुल साउन १ गते आएको बाढीले बगाएको थियो । कन्काई इन्टरनेशनल विल्डर्स कम्पनीले निर्माणको जिम्मा लिएको सो पुल वर्षाको समयमा निर्माण सुरु गरेकाले […]