Comments Add Comment

बच्चा

List Grid
बच्चाको भावना सुनौं

कुनैपनि बच्चाले आफु कमजोर भएको, आफुले हारेको कुरालाई स्विकार्न सक्दैनन् । तर, सबै बच्चाको सबै क्षमता एकनास पनि हुँदैन । उनीहरु खेलकुदमा सबैभन्दा अगाडि हुनुपर्छ भन्ने तपाईं अपेक्षा गर्नुहुन्छ, तर बच्चालाई त्यसमा रुची थिएन । वा उनले प्रयास गर्दागर्दै पनि सकेनन् । त्यसैले साथीले उछिन्यो । यतिबेला तपाईंले उनीहरुलाई ‘तिमी दोस्रो वा तेस्रो मात्र भएको […]

रमाउनुहोस् बालबालिकासँग

अधिकांश अभिभावकले बच्चाको पढ्ने, खाने, उठ्ने तालिका निर्धारण गरिदिन्छन् । तर, बच्चाको समुचित मानसिक तथा शारीरिक विकासका लागि यति मात्र पर्याप्त छैन । बच्चालाई बच्चा जस्तै हुन दिनुपर्छ । वा, त्यस किसिमको वातावरण मिलाइदिनुपर्छ । बच्चाका लागि पढ्ने, खाने, सुत्ने तालिकासँगै खेल्ने तालिका पनि निर्धारण गरिदिनुपर्छ । हरेक दिन उनीहरुले खेल्नका लागि समय पाउनुपर्छ । […]

दुई आमाको गर्भमा बसेर जन्मियो बच्चा, कसरी भयो यस्तो चमत्कार ?

चिकित्साको क्षेत्रमा विश्वमा निकै ठूलो प्रगति भैरहेको छ । कैयन् पटक असम्भव लाग्ने चिजहरु समेत सम्भव हुने गरेका छन् यो क्षेत्रमा । विज्ञान प्रविधि तथा चिकित्साको क्षेत्रमा नयाँ नयाँ खोज अनुसन्धान भैरहेका छन् । पछिल्लो पटक एउटा यस्तै चामत्कारिक उपलब्धि हासिल भएको छ । बेलायतमा एकजना बच्चा दुईवटी आमाको गर्भमा हुर्किएर जन्मिएको छ । बेलायतको […]

जापानमा चिन्ताजनक जन्मदर, बच्चाभन्दा कुकुर बिरालोको संख्या धेरै

२१ पुस, काठमाडौं । जापानमा बच्चाको जन्मदर लगातार कम भैरहेको छ । त्यहीँ बीचमा अहिले त्यहाँ एउटा अनौठो प्रवृत्ति देखा परिरहेको छ । जापानमा मानिसहरुमा कुकुर बिरालो पाल्ने शौख यति धेरै बढेको छ कि त्यहाँ नयाँ जन्मिने मानिसको बच्चाको जन्मदर्ताभन्दा कुकुर बिरालोको दर्ताको संख्या धेरै हुने गरेको छ । स्मरण रहोस् जापानमा घरपालुवा जनावर पाल्ने […]

एक युवतीसँग दुई युवकको प्रेम, डेढ वर्षको डेटिङपछि बच्चा जन्माउने योजना

यो दुनियाँमा कहिलेकाहीँ पत्याउने नसकिने घटना हुन्छन् । ब्राजिलमा त्यस्तै भएको छ । दुईजना ब्राजिलियन युवकहरुले एउटै युवतीलाई मन पराए र दुवैले प्रेम प्रस्ताव पनि राखे । अचम्म त के भने ती युवतीले दुवै युवकको प्रेम प्रस्ताव स्वीकार गरिन् । त्यसपछि ती युवतीको प्रेम सम्बन्ध दुवै युवकसँग रह्यो । अर्थात् दुई युवक र एक युवतीबीच […]

चिसोमा बच्चाको हेरचाह : के खुवाउने, के नखुवाउने ?

जाडोको मौसम होस् या जाडो सुरु हुने बेलामा देखिने मौसम परिवर्तनको समय, मान्छेको स्वास्थ्यका लागि यो समय निकै संवेदनशील समय हो । अनेक फ्लुले पनि यही समयमा मान्छेको स्वास्थ्यमा आक्रमण गर्ने गर्छ । अहिले कोरोना भाइरसको महामारी चलिरहेको छ । त्यसैमाथि चिसोको मौसममा मान्छेमा निमोनिया, रुघाखोकी जस्ता समस्याहरु देखिने भएकोले यसमा ध्यान दिनु आवश्यक रहेको […]

जंकफुड होइन, यी खानेकुरा जरुरी छ बच्चाको लागि

बालबच्चालाई खुसी बनाउन होस् वा रोएको बखत फकाई–फुल्याई गर्न, धेरैजसो आमाबुवाले चिप्स, चिजबल, कुरकुरे, चाउचाउ, चकलेट, बिस्कुट आदि दिने गर्छन् । यसको विकल्पमा स्याउ, उसिनेको आलु, गाईको दुध हुँदो हो त के हुन्थ्यो ? सामान्यतः हामीले देख्दै÷भोग्दै आएका छौं, जंकफूड दिएपछि बच्चा जति खुसी हुन्छन् स्याउ वा यस्ता अन्य खानेकुराबाट त्यती खुसी हुँदैनन् । किन […]

बच्चालाई पैसा होइन ‘गुरुमन्त्र’ दिनुहोस्

समाजमा दुष्टता बढ्दै जाँदा सबैले यसको सामना गर्ने उपायहरू खोजिरहेका हुन्छन् । समाजमा देखिएका नराम्रा आचरणलाई रोक्नको लागि हाम्रो भूमिका के ? भन्ने पनि सबैले ध्यान दिनुपर्छ । समाज सुधार्नको लागि पहिलो आफू सुध्रिनुपर्छ र त्यसपछि आफ्नो परिवार सुधार्नुपर्छ । सबैंले आफू र आफ्नो परिवार सुधार्न हो भने एकैपटक समाज सुधार भइहाल्छ । हामीले आफ्ना […]

बच्चाको खेल होइन, बच्चा हुर्काउनु

वितगमा बालबच्चा हुर्काउन जति सहज थियो, अहिले त्यस्तो स्थिती छैन । एकै दम्पतीले चार÷पाँच जना सन्तान सजिलै हुर्काउन सक्थे । आमा धारणा के छ भने धेरै बच्च हुँदा उनीहरुलाई राम्ररी स्यहार सुसार पुग्दैन । जबकी धेरै बच्चाहरु भएमा एकआपसमै मिल्ने, खेल्ने, हेचारह गर्ने प्रवृत्ति विकास हुन्छ । उनीहरु आफु आफुमै रमाएर, खेलेर बस्छन् । आमाबुवाले […]

६५ वर्षीया महिलाले १४ महिनामा जन्माइन् ८ बच्चा !

मानिसलाई बच्चा जन्माउनका लागि ९ महिनासम्म गर्भमा बच्चा राख्नुपर्दछ । तर भारतको बिहारमा चाहिँ एकजना महिलाले १४ महिनामा ८ वटा ‘बच्चा जन्माएकी’ छिन् । त्यस्तै बिहारमै अर्की एक महिला ९ महिनामा ५ छोरीको आमा बनेकी छिन् । १४ महिनामा ८ बच्चा जन्माउनु र ९ महिनामा ५ बच्चा जन्माउनु सायद असम्भव कुरा हो । तर छिमेकी […]

बालबच्चासँग गरौं सामाजिक सम्बन्धको कुरा

आजका धेरै बच्चाहरूलाई आफन्त या गुरुजनलाई गरिने सम्बोधनको अघि प्रयोग गर्ने आदरार्थी शब्दको विषयले टाउको दुखाइरहेको हुन्छ । आदरणीय र पूजनीय जस्ता शब्द कुन सम्बन्धको अघि प्रयोग गर्ने ? भन्ने कुराले धेरैलाई अलमलमा पार्ने गर्छ । आफ्ना कोही आफन्तसँग भेट हुँदा कसलाई कस्तो सम्बोधन गर्ने भन्ने कुरा पनि आजका केटाकेटीको टाउकोदुखाइकै विषय हो ।  नेपाली […]

बच्चालाई आफूले चाहेजस्तो बनाउन खोज्दा

एउटा भनाई छ, ‘हरेक बच्चा आफैमा विशेष हुन्छन् ।’ उनीहरुको आप्mनै खुबी, क्षमता, रुची हुन्छ । उनीहरुसँग केही आफ्नै जन्मजात गुण हुन्छन् । पारिवारिक वातावरणले पनि उनीहरुमा केही प्रभाव पारेको हुन्छ । त्यही अनुसार बच्चाको गुण, क्षमता, स्वभाव, प्रवृत्ति आदि विकास हुन्छ । जति–जति हुर्कदै जान्छ, उनीहरुको स्वभाव, गुण र क्षमता पनि प्रकट हुँदै जान्छ […]

बच्चालाई नभनौं, ‘तिमी नै सर्वोपरी हौ’

एक अंग्रेजी पुस्तकमा लेखिएको छ, ‘जब आमाबुबाले बच्चाको आत्मसम्मान बढाउने चक्करमा हरेक कुरा उनकै मर्जी अनुसार गर्ने छुट दिन्छन्, त्यसले बच्चालाई खुसी दिने होइन । बरु, हरेक कुरा आफु अनुसार हुनुपर्छ भन्ने मान्यता विकास हुनपुग्छ । उनीहरु आफुलाई सर्वोपरी ठान्न थाल्छन् ।’ जुन बच्चालाई अनावश्यक तारिफ गरेर हुर्काइन्छ, उनीहरुले ठूलो भएर समस्याको सामाना गर्न सक्दैनन् […]

बालबच्चालाई सिकाउनैपर्ने यी आनीबानी, जसले निरोगी र खुसी बनाउँछ

हामी कामना गर्छौं, आफ्ना बालबच्चा सधैं निरोगी होस्, तन्दुरुस्त होस् । बलियो र फूर्तिलो होस् । जब कोही रोगमुक्त हुन्छन्, खुसी स्वतः प्राप्त हुन्छ। आफ्नो बालबच्चा कसरी निरोगी हुन्छन् ? कसरी जीवनभर खुसी हुन्छन् ? यसका लागि अनुशासित जीवनशैली र खानपान नै मुख्य कुरा हो । जब बच्चाले अनुशासित जीवनशैली पालना गर्छन्, सोही अनुरुप खानपान […]

बच्चा रोयो ? फकाउनु पर्दैन

जब बच्चा रुन थाल्छ, आमाबुबालाई पो पिरलो । कसरी फकाउने ? मोबाइल खेलाउन दिने कि, चाउचाउ खान दिने कि, बोकेर घुमाउने कि, कथा सुनाउने ? जबसम्म बच्चा शान्त हुँदैनन्, आमाबुबाले अनेक गर्नुपर्छ । जबकि बालबच्चालाई रुनका लागि ठूलो निहुँ चाहिँदैन । स-साना कुरामा पनि उनीहरू बेपत्तासँग रोइदिन्छन् । भोक लाग्यो रुन्छन् । खेल्नेकुरा पाएनन् रुन्छन् […]

बच्चालाई जित्न मात्र होइन, हार्न पनि तयार राखौं

एक बच्चा थिए, आज्ञाकारी र मेधावी । पढाईमा सधै अब्बल । विज्ञानमा उनले सतप्रतिशत अंक हासिल गरे । जिन्दगीभर उनी दोस्रो भएनन् । हरेक परीक्षामा प्रथमका प्रथम हुँदै गए । उनी इन्जिनियर बन्न चाहन्थे । इन्जिनियरिङको पढाई पनि उसैगरी पुरा गरे । पढाई सक्दा नसक्दै उनलाई जागिरको अफर आउन थाल्यो । उनले लोभलाग्दो जागिर सुरु […]

बच्चालाई मास्क नलगाउन विशेषज्ञको चेतावनी

१३ जेठ, काठमाडौं । जापानको बाल चिकित्सा संघले आफ्ना दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई मास्क नलगाइदिन सुझाव दिएको छ । संघले उनीहरुलाई मास्क लगाइदिँदा श्वासप्रश्वासमा समस्या उत्पन्न हुन सक्ने र बाच्चाहरु निसास्सिने जोखिम रहेको बताएको छ । वेबसाइटमा सार्वजनिक गरेको एक सूचनामा संघले बच्चाको श्वासनली निकै सानो हुने र मास्क लगाउँदा श्वासप्रश्वासको लागि मुटुले धेरै […]

टुरेन्ट सिन्ड्रम : बालबच्चामा हुनसक्छ यस्तो समस्या।

कतिपय बच्चाहरु खासगरी २ देखि १४ बर्ष उमेर समूहका बच्चाले असामान्य गतिविधि देखाउन सक्छन् । उनीहरुको शारीरिक हाउभाउ सामान्य नहुन सक्छ । जस्तो कि, आँखा घुमाइरहने । एकातिर टाउको बाटार्ने । मुख बङ्याउने । काँध उचाल्ने । यस्तो समस्या देखिएमा टुरेन्ट सिन्ड्रोम हुनसक्छ । यो मानसिक विकार हो । यस्तो ५ देखि ९ बर्ष उमेरका […]

एकल सन्तानका अभिभावक : बच्चाका लागि बच्चा बनौं  

जन्मान्तर वा जन्मदरबारे एउटा गजबको भनाई छ, ‘थोरै भए पुगिसरी ।’ अर्थात जति थोरै सन्तान हुन्छन्, उत्तिनै पालन–पोषण गर्न सहज हुन्छ । धेरै सन्तान हुर्काउँदा जति अभाव र समस्याहरु झेल्नुपर्छ, थोरै सन्तानका हुर्काउँदो त्यस्तो हुँदैन । यहि मान्यतालाई शिरोधर गर्दै थुप्रै दम्पतीले एउटा सन्तानमा चित्त बुझाईरहेका छन् । एउटा मात्र सन्तना भए उनलाई आमाबुवाले पर्याप्त […]

बालबच्चाले सामान्य जीवनयापनका कुरा कति जानेका छन् ?

अहिले धेरैजसो घरमा एकल सन्तान हुर्किरहेका छन् । उनीहरूको खेल्ने साथी हुँदैनन् । आफू समानका साथी नभएपछि उनीहरू एक्लिन्छन् । जब बच्चा एक्लिन्छन्, उनीहरूलाई आफ्नो मन बहलाउनका लागि मोबाइल चाहिन्छ । टेलिभिजन चाहिन्छ । खेल्ने साथी नभएपछि उनीहरू मोबाइलमा गेम खेलेर समय कटाउँछन् । टिभीमा कार्टुन हेरेर आफूलाई भुलाउँछन् । अहिलेको अवस्था के छ भने, […]

बच्चालाई सिकाउने कि बच्चाबाट सिक्ने ?

अक्सर हामी बालबच्चालाई भन्ने गर्छौं, ‘ठूलो मान्छे हुनुपर्छ ।’ तर, बालबच्चालाई हेरेर हामी कहिल्यैपनि सोच्दैनौं, ‘सानो पनि हुन सिक्नुपर्छ ।’ हामीलाई लाग्छ, ‘मैले धेरै कुरा जानेको छु । बुझेको छु । सिकेको छु । भोगेको छु ।’ आफुले सुनेको एवं सिकेको कुरा नै बच्चाहरुलाई सिकाइरहेका हुन्छौं । के गर्ने, के नगर्ने भनी उनीहरुलाई निर्देश गरिरहेका […]