Comments Add Comment

मुम्बई इन्डियन्स

List Grid
आईपीएल फाइनल आज, मुम्बईविरुद्ध दिल्लीलाई बदला लिने मौका

२५ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन् । फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे युएईको दुबईमा हुनेछ । सविक विजेतासमेत रहेको मुम्बईले फाइनल खेल्न लागेको […]

आज मुम्बई र दिल्ली भिड्दै, कसको पल्ला भारी ?

२० कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटलबीच प्रतिस्पर्धा हुँदैछ । जारी आईपीएलको क्वालिफायर–१ आज साँझ ७ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुन लागेको हो । विजयी टिम फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले क्वालिफायर–२ मा इलिमिनिटर विजेतासँग खेल्नेछ । इलिमिनिटर शुक्रबार अबुधाबीस्थित शेख जायद रंगशालामा रोयल च्यालेन्जर्स […]

मुम्बई इन्डियन्स आईपीएलको क्वालिफायरमा

१६ कात्तिक, काठमाडौं । मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा पुगेको छ । शनिबार दिल्ली क्यापिटललाई पराजित गरेर मुम्बईले क्वालिफायर यात्रा निश्चित गरेको हो । १३ म्याचबाट १८ अंक जोडेको मुम्बईसँग क्यालिफायर–१ मा क्रमशः दोस्रो र तेस्रो स्थानका रोयल च्यालेन्जर्स बैंगलौर र दिल्लीबीचको विजेताले खेल्नेछ । १३–१३ म्याचबाट समान १४–१४ अंक जोडेका बैंगलौर […]

चेन्नाईको जितपछि मुम्बई आईपीएलको प्लेअफमा

१४ कात्तिक, काठमाडौं । अंक तालिकाको पुछारमा रहेको चेन्नाई सुपर किंग्सले बिहीबार कोलकाता नाइट राइडर्सलाई पराजित गरेपछि मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ । १२ म्याचमा ८ जित निकालेर १६ अंक जोडेको मुम्बई यो सिजनको प्लेअफ पुग्ने पहिलो टोली हो । दोहोरो राउन्ड रोविनमा खेलाइएको आईपीएलको ८ मध्ये शीर्षस्थानको चार […]

आईपीएलमा मुम्बईको दबदबा, कोलकातालाई ८ विकेटले हरायो

१ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले आफ्नो दबदबा कायम राख्दै कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । अबुधाबीमा गएराति भएको खेलमा कोलकाताले मुम्बईसामु १४९ रनको विजय लक्ष्य पेश गरेको थियो । मुम्बईले सो लक्ष्य १६.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा क्विन्टन […]

मुम्बईले राजस्थानलाई ५७ रनले हरायो, बुमराहले लिए चार विकेट

२१ असोज, काठमाडौं । आईपीएल क्रिकेटअन्तर्गत मंगलबार अबुधाबीमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ५७ रनले हराएको छ । यो जितसँगै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । मुम्बईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९३ रन बनाएको थियो । १९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १३६ रनमा […]

साविक विजेता मुम्बईको दोस्रो जित, पन्जाब ४८ रनले हार्‍यो

१६ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा साविक विजेता मुम्बई इन्डियन्सले किंग्स इलाभेन पन्जाबलाई ४८ रनले हराएको छ । मुम्बईले दिएको १९२ रनको विजय लक्ष्य पछ्याएको पन्जाबको टोलीले ८ विकेटको क्षतिमा १४३ रन मात्र बनाउन सक्यो । जारी आईपीएलमा मुम्बईको यो दोस्रो जित हो । पन्जाबका लागि निकोलस पुरनले सर्वाधिक ४४ […]

आईपीएल : बैंगलोरले मुम्बईलाई सुपर ओभरमा हरायो

१३ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । २०२ रनको विजय लक्ष्य पछ्याएको मुम्बईले ५ विकेटको क्षतिमा २०१ रन नै बनाएपछि खेल बराबरी भयो । आईपीएल इतिहासमा पहिलो पटक […]

आईपीएल : मुम्बईलाई ५ विकेटले हराउँदै चेन्नाईको शानदार सुरुवात

४ असोज, काठमाडौं । आईपीएल क्रिकेटको पहिलो म्याचमा चेन्नाई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराउँदै शानदार सुरुवात गरेको छ । अबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । १६३ रनको विजय लक्ष्य पछ्याएको चेन्नाईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै १६६ […]