News Summary
Generated by OK AI. Editorially reviewed.- दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ ।
- समीर रिज्भीले ५१ बलमा ९० रन बनाएर दिल्लीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
- दिल्लीले १६३ रनको लक्ष्य १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको छ र शीर्षस्थानमा उक्लिएको छ ।
२१ चैत, काठमाडौं । समीर रिज्भीले शानदार ब्याटिङ प्रदर्शन गरेपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लगातार दोस्रो जित हासिल गरेको छ ।
शनिबार भएको खेलमा दिल्लीले मुम्बई इन्डियन्समाथि ६ विकेटको जित हासिल गरेको हो । १६३ रनको लक्ष्य दिल्लीले १८.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
रिज्भीले ५१ बलमा ७ चौका र ७ छक्कासहित ९० रनको शानदार प्रदर्शन गरे । पथुम निसान्काले ४४ रन बनाए । डेभिड मिलर २१ रनमा अविजित रहे ।
ओपनर केएल राहुल १ अनि नितिश राना शून्यमै आउट भएपछि ७ रनमै २ विकेट गुमाएर दबाबमा आएको दिल्लीका लागि समीर र पथुम मिलेर ६६ रनको साझेदारी गरे । त्यसपछि समीरले मिलरसँग मिलेर ७८ रनको साझेदारी गरेर जितको आधार तय गरे ।
मुम्बईका दीपक चहर, मिचेल सान्टनर र कर्बिन बोशले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो । कप्तान सूर्यकुमार यादवले सर्वाधिक ५१ रन बनाए । रोहित शर्माले ३५ तथा नमन धीरले २८ रन बनाए । मिचेल सान्टनर १८ तथा कर्बिन बोश ११ रनमा अविजित रहे ।
दिल्लीका लागि मुकेश कुमारले ३ ओभरमा २६ रन दिएर २ विकेट लिए । लुंगी एंगिडी, अक्षर पटेल, विपराज निगम र टी नटराजनले १-१ विकेट हात पारे ।
लगातार दोस्रो जितसँगै ४ अंक जोडेको दिल्ली शीर्षस्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको मुम्बई छैटौं स्थानमा झरेको छ ।
प्रतिक्रिया 4