+

तिलक र अश्वनी चम्किँदा आईपीएलमा मुम्बईको दोस्रो जित

२०८३ वैशाख  ७ गते २३:३० २०८३ वैशाख ७ गते २३:३०
तिलक र अश्वनी चम्किँदा आईपीएलमा मुम्बईको दोस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुम्बई इन्डियन्सले आईपीएल २०२६ मा गुजरात टाइटन्सलाई ९९ रनले हराउँदै दोस्रो जित निकालेको छ।
  • तिलक वर्माले अविजित १०१ रनको आईपीएल करियरकै पहिलो शतक प्रहार गरे।
  • मुम्बईले ६ खेलमा ४ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ भने गुजरात छैटौं स्थानमा छ।

७ वैशाख, काठमाडौं । तिलक वर्मा र अश्वनी कुमारको उत्कृष्ट प्रदर्शनमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दोस्रो जित निकालेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा मुम्बईले गुजरात टाइटन्सलाई ९९ रनले हरायो । मुम्बईले दिएको २०० रनको लक्ष्य पछ्याएको गुजरात १५.५ ओभरमा १०० रनमा अलआउट भयो ।

वासिङ्टन सुन्दरले सर्वाधिक २६ रन बनाए । शाहरुख खानले १७ तथा कप्तान शुभमन गिलले १४ अनि कगिसो रबाडाले १२ रन बनाए ।

मुम्बईका लागि अश्वनी कुमारले ४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । मिचेल सान्टनर र अलाह गजनफरले २-२ विकेट लिए भने जसप्रित बुमराह र कप्तान हार्दिक पान्ड्याले १-१ विकेट लिए ।

खेलको सुरुवाती ओभरमा नै जसप्रित बुमराहले विकेट लिएपछि मुम्बई खेलमा हावी भएको थियो । दोस्रो ओभरमा हार्दिकले विकेट लिए । त्यसपछि गुजरातले कुनै समय पनि लक्ष्यतर्फ फर्कने मौका पाएन ।

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै १९९ रन बनायो । मुम्बईका लागि तिलक वर्माले अविजित १०१ रनको शानदार शतक प्रहार गरे, जुन उनको आईपीएल करियरकै पहिलो शतक हो । उनले ४५ बलमा आक्रामक ब्याटिङ गर्दै टोलीलाई बलियो स्कोरसम्म पुर्‍याए ।

नमन धिरले ३२ बलमा ४५ रन जोड्दै महत्वपूर्ण साथ दिए । गुजरातका लागि कगिसो रबाडाले ३ विकेट लिए भने मोहम्मद सिराजले १ विकेट हात पारे ।

यस जितसँगै मुम्बईले लगातार चार हारको शृंखला तोड्दै ६ खेलमा ४ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । गुजरात ६ खेलमा ६ अंकसहित छैटौं स्थानमा छ ।

आईपीएल २०२६ गुजरात टाइटन्स मुम्बई इन्डियन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय