Comments Add Comment

विद्युत्

List Grid
भारतबाट प्रतिस्पर्धी दरमा विजुली किन्न प्राधिकरणलाई स्वीकृति

२ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गरी आयात गर्न स्वीकृति पाएको छ । भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत खरिद गरी आयात गर्न सक्ने गरी स्वीकृति दिइएको जानकारी प्राधिकरणलाई बुधबार दिएको छ । अब प्राधिकरण भारतीय पावर एक्सचेन्ज मार्केटको सदस्य बनेकाले यो नेपालको ऊर्जा विकासको लागि एउटा महत्वपूर्ण […]

डेडिकेटेड लाइनको बक्यौता विवाद निरुपण गर्ने प्रक्रिया सुरु

१३ चैत, काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन बिजुलीको बक्यौताबारेको विवाद समाधान गर्न प्रक्रिया अघि बढाएको छ । आयोगले नेपाल विद्युत् प्राधिकरणसँग अहिलेसम्म प्राधिकरणले गरेका निर्णय र काम कारबाही प्रक्रियाबारे जानकारी मागेको छ । आयोगले विवाद निरुपणको प्रक्रिया अघि बढाउन प्राधिकरणसँग जानकारी मागेको आयोगका सदस्य तथा प्रवक्ता रामप्रसाद धितालले जानकारी दिए । […]

उपत्यकामा विद्युत् अबरुद्ध

२७ पुस, काठमाडौं । सोमबार राति उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत अबरुद्ध भएको छ । राति १० बजे नेपाल विद्युत प्राधिकरण अन्तरगतको स्युचाटार शव स्टेशनमा रहेको सिटी ट्रान्फरमर पड्किँदा विद्युत् अबरुद्ध भएको हो । घटनामा सामान्य आगलागी समेत भएको थियो । लगत्तै मर्स्याङ्दी–काठमाडौं प्रशारण लाइनबाट आउने विजुली अबरुद्ध हुन पुगेको थियो । त्यसले आंशिकरुपमा विद्युत सेवा […]

बाढीका कारण काबेली करिडोरको १३२ मेगावाट विद्युत् उत्पादन बन्द

५ साउन, काठमाडौं । अविरल भारी वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालनमा रहेका अधिकांश जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । काबेली करिडोर १३२ केभी प्रसारण लाइनमा तीन जिल्लामा सञ्चालनमा रहेका १७५ मेगावाट विद्युत् जोडिएको अहिले ४३ मेगावाट विद्युत् मात्रै प्रवाह भइरहेको छ । इलाममा रहेका जलविद्युत् […]

१० वर्षमा नेपालले भारतलाई बेच्यो डेढ अर्बको बिजुलीे

४ साउन, काठमाडौं । गत साता अविरल वर्षाका कारण देशभरको बिजुलीको माग आधा कटौती भयो । दैनिक १२ सय मेगावाटको माग ६ सय मेगावाटमा झर्दा खोलानदीमा पानीको सतह बढ्यो । कुलेखानीसहित देशभरका प्रायः सबै आयोजनाहरु पूर्ण क्षमतामा चले । यसरी माग कम र आपूर्ति बढी भएपछि नेपालले करिब २ सय मेगावाट बिजुली भारत निर्यात गर्‍याे । […]

‘बिजुली चोरी रोक्न प्राधिकरणलाई हतियारधारी प्रहरी आवश्यक’

  २१ माघ, काठमाडौं । सातायता ललितपुरमा बिजुली चोरी गर्ने २० घरधनीलाई विद्युत् प्राधिकरणले कारवाही गरेको छ । चोरीमा प्रयोग भएका उपकरण पनि प्राधिकरणका टोलीले जफत गरेका छन् । गत आइतबारदेखि च्यासल, लाँकुरी भञ्ज्याङ, डुपाट मंगलबजार, डुपाट इखालखु र सातदोबाटोमा विद्युत चोरीविरुद्ध अभियान थालिएको हो । घर–घर पुग्दै मिटरबाहेक अन्यत्रबाट विद्युत् प्रयोग भए/नभएको जाँच तीव्र […]

महसुल नतिर्ने दुई सय १९ ग्राहकको विद्युत् लाइन काटियो

१८ भदौ, बैतडी । नेपाल विद्युत् प्राधिकरण बैतडीले विद्युत् महसुल बुझाउन बाँकी ग्राहकको विद्युत् लाइन काटेको छ । गत जेठदेखि हालसम्म विद्युत् महसुल तिर्न बाँकी २१९ ग्राहकको विद्युत् लाइन काटिएको विद्युत् प्राधिकरण बैतडीले जनाएको छ । ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनपछि प्राधिकरण वितरण केन्द्र बैतडीले यस महिनामा मात्र ७२ ग्राहकको विद्युत् लाइन काटेको छ । ग्राहकले […]