+
+
Shares
राष्ट्रिय प्रतिबद्धता :

एक दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने लक्ष्य

ऊर्जा कूटनीति मार्फत द्विपक्षीय तथा क्षेत्रीय सहयोग सुदृढ गरी छिमेकी भारत र बंगलादेशसँग ऊर्जा व्यापार गरिने प्रतिबद्धता छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १६:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी दशकमा विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ।
  • सरकारले बूढीगण्डकी, दूधकोशी लगायत ठूला जलाशययुक्त आयोजना निर्माणलाई प्राथमिकता दिने मस्यौदा सार्वजनिक गरेको छ।
  • विद्युत् उत्पादनसँगै प्रसारण, वितरणमा निजी क्षेत्रको सहभागिता प्रोत्साहित गर्दै ऊर्जा कूटनीतिमा छिमेकीसँग सहयोग सुदृढ गर्ने योजना बनाइएको छ।

१ वैशाख, काठमाडौं । सरकारले आगामी दशकमा विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्‍याउने लक्ष्य लिने भएको छ ।

६ राजनीतिक दलका चुनावी प्रतिबद्धता समेटेर सरकारले बनाएको राष्ट्रिय प्रतिबद्धता मस्यौदा सार्वजनिक गरेको छ । मस्यौदा अनुसार आगामी दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमताको लक्ष्य हासिल गर्न भूमि, वन तथा वातावरण लगायत कानुन परिमार्जन तथा नीतिगत सुधार गरिने भएको छ ।

सरकारबाट भायबिलिटी ग्याप फन्डिङ उपलब्ध गराउँदै बूढीगण्डकी, दूधकोशी जस्ता ठूला जलाशययुक्त तथा अर्धजलाशययुक्त आयोजना निर्माणलाई प्राथमिकता दिइने मस्यौदामा उल्लेख छ ।

ऊर्जा–आधारित ठूला उद्योग (स्टिल, सिमेन्ट, जडीबुटी प्रशोधन, डाटा सर्भर स्टेसन तथा रासायनिक मल उद्योग) लाई आकर्षित गरिने समेत सरकारको प्रतिबद्धता छ ।

विद्युत् उत्पादनसँगै भण्डारण, प्रसारण तथा वितरण प्रणालीमा पनि निजी क्षेत्रको सहभागितालाई प्रोत्साहित गर्न निजी क्षेत्रमैत्री नीतिगत तथा कानुनी व्यवस्था सहित आन्तरिक विद्युत् खपत वृद्धि गर्न उद्योगसम्म प्रसारण लाइन विस्तार गर्ने व्यवस्था नेपाल सरकार आफैंले गर्ने व्यवस्था मिलाइने घोषणा गरिएको छ ।

ऊर्जा विकास सम्बन्धी एकीकृत योजना तर्जुमा साथै सार्वजनिक–निजी साझेदारीमा ऊर्जा उत्पादन र स्रोत परिचालन गरिने छ भने आन्तरिक तथा अन्तरदेशीय प्रसारण लाइन समयसीमा भित्रै सम्पन्न गरिने छ ।

ऊर्जा कूटनीति मार्फत द्विपक्षीय तथा क्षेत्रीय सहयोग सुदृढ गरी छिमेकी भारत र बंगलादेशसँग ऊर्जा व्यापार गरिने प्रतिबद्धतामा उल्लेख छ । नेपाललाई दक्षिण एसियाको स्वच्छ ऊर्जा निर्यातक हबका रूपमा विकास गर्न स्वच्छ ऊर्जा उत्पादन, प्रसारण र वितरण प्रणालीमा राज्यको लगानी वृद्धि गरिने छ ।

परम्परागत विद्युत्का अतिरिक्त ग्रिन हाइड्रोजन उत्पादन र रेअर अर्थजस्ता रणनीतिक धातु अन्वेषणलाई प्राथमिकता दिई हरित ऊर्जा प्रयोग र निर्यात गर्ने मुलुकका रूपमा विकास गरी ऊर्जामैत्री देश घोषणाका लागि आवश्यक कार्य गरिने समेत सरकारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?