Comments Add Comment

संसद बैठक

List Grid
यहाँ देशको छ चिन्ता, सांसदहरु ‘निर्वाचन क्षेत्र’ भन्छन् !

२४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक शनिबार ७ घण्टा २८ मिनेट चल्यो । शुक्रबार साढे ६ घण्टाभन्दा बढी चलेको थियो । र, छलफलको विषय थियो- आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तुत बजेटको मन्त्रालयगत शीर्षकमाथि छलफल । सांसदहरूलाई बजेट कस्तो बनेको छ, यसलाई कहाँ सुधार गर्नुपर्छ, कुन नीतिलाई अवलम्बन गर्दा अहिलेको कोरोना भाइरस (कोभिड-१९) […]

गंगा चौधरीलाई गिरीको जवाफ : चीनको इशारामा भारतीय चेलीमाथि आरोप लगाइएको होइन ?

२३ जेठ, काठमाडौं । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले आफ्नो विषयमा संसदमै हेट स्पिच (घृणा फैलाउने अभिव्यक्ति) दिएको भन्दै कारबाहीको माग गरेकी छन् । शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले त्यो अभिव्यक्ति आफूमाथि नभई संसदीय मर्यादामाथि कै आक्रमण भएको बताइन् । उनले भनेकी छन्, ‘नेपालको कानुन […]

संसदको कार्यतालिका : बजेट पारित गरेर अधिवेशन अन्त्य गर्ने तयारी

२१ जेठ, काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि छलफल जारी छ । जेठ १५ गते प्रस्तुत भएको बजेटमाथि १८ र १९ गते सैद्धान्तिक छलफल भयो । अब विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल २३ गतेबाट सुरु हुँदैछ । जेठ २३, २४ र २५ गते मन्त्रालयगत […]

संसदमा आर्थिक सर्वेक्षण पेश हुँदै, संविधान संशोधन विधेयक के हुन्छ ?

१३ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने संसद सचिवालयको कार्यसूची छ । आर्थिक सर्वेक्षण पेश भएको पर्सिपल्ट नयाँ आर्थिक वर्ष २०७७/७८ को बजेट संसदमा प्रस्तुत हुने छ । हरेक वर्ष जेठ १५ गते बजेट […]

प्रधानमन्त्रीले गरे संसद बैठक कक्ष अवलोकन

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठक कक्ष अवलोकन गरेका छन् । बजेट अधिवेशन आह्वान गर्ने तयारी भइरहेको बेला बुधबार बिहान संसद भवन पुगेर प्रधानमन्त्री ओलीले बैठक कक्ष अवलोकन गरेका हुन् । सामाजिक दुरी कायम गरेर बैठक बसाल्ने तयारी संसद सचिवालयले गरेको छ । साथै भिडियो कन्फ्रेन्सबाट पनि बैठक बसाल्न सकिने राय […]

भर्चुअल संसद बैठक तत्काल आवश्यक

नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसदमा पेश गर्नेछ भन्ने व्यवस्था छ । संसदमा बजेट प्रस्तुत गर्नुअघि सरकारको नीति कार्यक्रम आउनुपर्छ । त्यो भन्दा पनि अघि संसदमा पूर्वबजेट छलफल गरी बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल गर्नुपर्छ । संसदले पूर्वबजेट छलफलका आधारमा निर्धारण […]

लकडाउनका कारण संसद बैठक २३ गतेलाई सर्‍यो

१२ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक यही चैत २३ गतेसम्मका लागि सरेको छ । संघीय संसद सचिवालयका कार्यबाहक महासचिव गोपालनाथ योगीले सूचना निकालेर कोरोना भाइरसको सम्भावित संक्रमणका सरकारले लकडाउन र अत्यावश्यक बाहेकका सेवा बन्द गरेका कारण बैठक सार्नुपरेको बताएका छन् । यसअघि यही चैत ७ गतेलाई बोलाइएको बैठक पनि बिहीबार बस्ने गरी स्थगित भएको थियो […]

कोरोनाका कारण संसद बैठक रोक्न कांग्रेस सांसदको माग

२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले तत्काल संसद बैठक रोक्न माग गरेका छन । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कांग्रेसका सांसदहरु भरतकुमार शाह र भीमसेनदास प्रधानले कोरोनाबाट बच्न सतर्क हुनुपर्ने भन्दै संसद बैठक रोक्न माग गरेका हुन् । ‘कोरोनाको संक्रमणले विश्व नै त्रसित भइरहेका बेला संसदलाई निरन्तर चलाइराख्नुको कुनै तुक छैन । यस्तो ठाउँमा […]

संसद अबरुद्ध पार्ने राजपाको चेतावनी

१३ साउन, काठमाडौं । प्रतिपक्षी दल राजपाले आजको संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिएको छ । सर्लाहीको सडक प्रदर्शनको क्रममा सरोजनारायण सिंह मारिएको घटनाको संसदीय छानबिनको माग गर्दै राजपाले संसद अवरुद्ध पार्ने चेतावनी दिएको हो । प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो एक बजे बोलाइएको छ । विप्लव समूहका नेता कुमार पौडेल र सरोजनारायण सिंह मारिएको […]

संसद बैठक सूचना टाँसेर स्थगित

३ साउन, काठमाडौं । विपक्षी दलहरुले अवरुद्ध गर्ने तयारी गरेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सभामुख कृष्णबहादुर महराले विशेष कारण भन्दै संसद बैठक स्थगित गरेका हुन् । बिहीबारका बैठक १ बजे बोलाईको थियो । अब अर्को बैठक११ गते मात्र बस्नेछ । सरकारले चिकित्सा शिक्षा विधेयक अगाडि बढाएपछि कांग्रेसले संसद अवरुद्ध पर्दै आएको […]

सभामुख र उपसभामुखको राजीनामाको विषयमा संसदमा जुहारी

३० जेठ, काठमाडौं । सभामुख र उपसभामुखमध्ये एकजनाले राजीनामा दिनुपर्ने वा नपर्ने विषय संदमा प्रवेश गरेपछि सत्तापक्ष र प्रतिपक्षबीच दोहोरी चलेको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर एउटै पार्टी बनेकाले सभामुख र उपसमुख फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान लागु गर्न नेपाली कांग्रेसले माग गरेको छ । तत्कालीन माओवादीबाट निर्वाचित बनेका सभामुख […]

प्रदेश २ को संसद बैठक आज

२५ फागुन, जनकपुर । प्रदेश नम्बर २ प्रदेशसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि डाकिएको प्रदेश संसद सचिवालयले जनाएको छ । आजको प्रदेशसभा बैठकका कार्यसूची कार्य व्यवस्था परामर्श समितिकाको बैठकले तय गर्ने सचिवालयले जनाएको छ । प्रदेश सभाका सभामुख संयोजक रहेको कार्य व्यवस्था परामर्श समितिको बैठक प्रदेशसभा बैठक अघि बस्ने प्रदेश […]

संसदको राजनीतिक दृश्य : कोही फकाउने, कोही निदाउने !

२२ फागुन, काठमाडौं । सोमबारबाट सुरु भएको प्रतिनिधिसभाको अधिवेशनको दोस्रो दिन मंगलबार दलका शीर्षनेताहरुले रोष्टमबाट सम्वोधन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिने कार्यक्रम थियो । तर, प्रधानमन्त्रीलाई धन्यवाद दिने आफ्नो सम्वोधनमै नेताहरुवीच ‘साम-दाम…’ नीतिसमेत प्रयोग गर्ने प्रयासहरु भए । संसदमा शीर्षनेताहरुको सम्वोधन सुन्दा अब देशका प्रमुख राजनीतिक दलहरुका एजेण्डा के हुन् भन्ने अनुमान लगाउन […]

प्रतिनिधिसभाको पहिलो बैठकः अन्तरिम कार्यविधि पारित

२१ फागुन, काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकले आफ्नो अन्तरिम कार्यविधि पारित गरेको छ । सोमबार बानेश्वरमा बसेको बैठकले कार्यविधि पास गरेको हो । त्यसक्रममा नेमकिपाका सांसद प्रेम सुवालले छलफल नै नभई पास गर्न खोजेको भनेर नियमापत्ति गरेका थिए । तर, जेष्ठ सदस्यको हैसियतमा सभा सञ्चालन गरेका महन्थ ठाकुरले नियम नै नबनेको अवस्था कसरी नियमापत्ति भन्दै […]

तयारी नपुगेको भन्दै प्रदेश ६ को संसद बैठक स्थगित

९ फागुन, काठमाडौं । बुधबारका लागि बोलाइएको प्रदेश ६ को संसद बैठक स्थगित भएको छ । तयारी पूरा नभएका कारण सूचना टाँस गरी १२ गतेका लागि बैठक स्थगित गरिएको हो । बुधबारको बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरु नियुक्तिबारे संसदमा जानकारी गराउने लगायतका कार्यसूची थियो । साथै प्रदेशको नाम र राजधानीबारे पनि छलफल गर्ने कार्यसूची राखिएको थियो […]

प्रदेश ४ : पहिलो बैठक सवा घन्टाको

२१ माघ, पोखरा । प्रदेश नम्बर ४ को पहिलो बैठक सवा घन्टाको हुने भएको छ । सोमबार ११ बजेलाई तोकिएको प्रदेश सभा बैठक तयारी गर्न शनिबार बसेको सर्वदलीय बैठकले सवा घन्टाको कार्यसूची तयार गरेको हो । प्रदेश प्रमुखको पत्र पाठ गरेर सुनाएसँगै प्रदेश सभा कार्य सञ्चालन आन्तरिक कार्यविधि पारित गर्ने, सांसदलाई शुभकामना राख्न दिने, अध्यक्ष […]

संसदको विशेष बैठक भोलि, बाटो खर्च दिएर सांसदहरुलाई विदा गरिने

२७ असोज, काठमाडौं । व्यवस्थापिका संसदका ५९२ सांसदहरु शनिबार मध्यराति १२ बजेपछि भूतपूर्व हुने भएका छन् । बिजनेसका हिसाबले संसदको शुक्रबारको बैठक अन्तिम भएपनि शनिबार विशेष बैठक राखिएको छ, जहाँ सांसदहरुलाई विधिवत बिदाई गरिने भएको छ । सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेपछि शनिबार अपरान्ह संसदको विशेष विदाई बैठक राखिएको सभामुखका प्रेस […]

एमालेको अगुवाईमा संसदमा नाराबाजी, महाअभियोग माथि छलफल हुन सकेन

२२ बैशाख, काठमाडौं । नेकपा एमालेका अगुवाईमा विपक्षी दलका सांसदहरुले व्यवस्थापिका संसद बैठक अवरुद्ध पारेका छन् । शुक्रबार दोस्रो पटक बसेको संसद बैठकमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो । बैठक सुरु भए लगतै एमाले सांसदहरु उठेर विरोध गरे तर, सभामुखले महाअभियोग प्रस्तावका प्रस्ताव मीन विश्वकर्मालाई प्रस्ताव पेश गर्न समय […]

हाजिरी गर्ने सांसद ४०४: करीव तीन सय सांसद टाप कसेपछि बैठक नै स्थगित

  २५ पुस, काठमाडौं । सांसदहरु हाजिर गर्दै टाप कसेपछि संसदमा गणपूरक संख्या समेत नपुगेर सभामुख ओनसरी घर्तीले बैठक आघा घण्टा स्थगित गर्नु परेको छ । स्थानीय तहको निर्वाचन सम्बन्धी बिधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तावको छलफलपछि पारित गर्ने क्रममा गणपूरक संख्या नपुगेपछि सोमबार स्थगित भएको हो । नेपाल मजदूर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले गणपूरक […]

संविधान संशोधन विधेयक ल्याए संसद अवरुद्ध गर्ने विपक्षी ९ दलको निर्णय

२४ पुस, काठमाडौं । नेकपा एमालेसहितका विपक्षी ९ दलले संसद बैठकमा सरकारले निर्वाचनसम्वन्धी विधेयकहरु ल्याए पेश गर्न दिने निर्णय गरेको छ । तर, संविधान संशोधन विधेयक भने अघि बढ्न नदिने पुरानै अडान दोहोर्‍याएका छन् । संसदको बैठक आज दिउँसो बोलाइएको छ । त्यसअघि बसेको विपक्षी ९ दलको बैठकले सर्वोच्चको आदेशको सम्मान गर्दै निर्वाचनसम्वन्धी विधेयक अघि […]

सभामुखले बोलाइन् पाँच दलका शीर्ष नेताको बैठक

२४ पुस, काठमाडौं । सभामुख ओनसरी घर्तीमगरले प्रमुख पाँच दलका शीर्ष नेताहरुको बैठक बोलाएकी छन् । ६ दिनको स्थगनपछि आज आइतबार बस्न लागेको संसद बैठक अघि सभामुखले शीर्ष बैठक आह्वान गरेकी हुन् । अपरान्ह १ बजे प्रमुख पाँच दल कांग्रेस, एमाले, माओवादी, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठक संसद भवनमा बस्दैछ । त्यसअघि कार्यव्यवस्था […]