
२८ जेठ, काठमाडौं । प्रतिपक्षी दलहरुले आज पनि संसद बैठक अवरुद्ध पारेका छन् ।
सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका हुन् ।
सत्तापक्षका सांसदहरुले संसद अवरोध गरेर बोल्न रोकेको भन्दै बैठक सन्चालनको माग गरे । तर प्रतिपक्षी दलका सांसदहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गरे ।
अहिले सत्ता पक्ष र प्रतिपक्षी सांसदहरुको भनाभन जारी छ ।
सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गरे पनि सांसदहरुले मानेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4