Comments Add Comment

सीटीईभीटी

List Grid
सीटीईभीटीलाई ज्ञान, सीप र उत्पादनमा केन्द्रित गरिनुपर्छ : शिक्षामन्त्री पौडेल

५ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् । शिक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै बिहिबार पहिलोपटक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)मा अनुगमन गर्न गएका मन्त्री पौडेलले सीटीईभीटी प्राविधिक जनशक्ति उत्पादनतर्फ केन्द्रित हुनुपर्ने र दक्ष जनशक्तिलाई रोजगारसँग जोडेर उत्पादनमूखी बनाउनुपर्ने बताए । उनले […]

सीटीईभीटीको परीक्षामा चिट चोर्न सघाएको आरोपमा ५ जना पक्राउ

६ चैत, जनकपुरधाम । सीटीईभीटीको परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सघाएको आरोपमा जनकपुरधामबाट प्रहरीले शुक्रबार पाँच जनालाई पक्राउ गरेको छ । जनकपुरधामस्थित एक परीक्षा केन्द्रमा अनुगमन गर्न खटिएको टोलीले परीक्षा हलमा अत्याधिक चिट फेला पारेपछि यसको अनुसन्धान गरिएको थियो । अनुसन्धानको क्रममा फोटोकपी गर्ने व्यक्तिले नै चिट तयार गरिदिने रहस्य खुलेको थियो । सोही अनुसन्धानको आधारमा […]

सीटीईभीटीको मौका परीक्षा २२ कात्तिकमा

२ कात्तिक, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) डिप्लोमा/प्रमाणपत्र तहको एक विषय मौका परीक्षा २२ कात्तिकमा सञ्चालन गर्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैतपछि रोकिएको डिप्लोमा/प्रमाणपत्र तहको नियमित तथा छात्रवृत्ति कार्यक्रमको एक विषय मौका परीक्षा नेपाल सरकारकाले तोकेको सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न लागिएको सीटीईभीटीले जनाएको […]

स्वास्थ्य विषयका प्रमाणपत्र तहमुनिका सबै कार्यक्रम खारेज

१० भदौ,  राष्ट्रिय चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) सँग सम्बन्धन लिएर सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने निर्णय गरेको छ। आयोगको साउन ३० गते बसेको बैठकले चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ अनुसार प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम खारेज गरेको हो । यो निर्णय यसै शैक्षिक […]

सीटीईभीटीको परीक्षा स्थगित

२९ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले भदौ दोस्रो साता लिने भनेको परीक्षा स्थगित गरेको छ । सरकारले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौबाट मात्रै गर्न पाइने निर्णय गरेपछि परीक्षा स्थगित गरेको सिटीईभीटीका प्रवक्ता अनोज भट्टराईले जानकारी दिए । १ भदौबाट परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय अनुसार सीटीईभीटीले […]

सीटीईभीटीको परीक्षा स्थगित

२९ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले भदौ दोस्रो साता लिने भनेको परीक्षा स्थगित गरेको छ । सरकारले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौबाट मात्रै गर्न पाइने निर्णय गरेपछि परीक्षा स्थगित गरेको सीटीईभीटीका प्रवक्ता अनोज भट्टराईले जानकारी दिए । १ भदौबाट परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय अनुसार सीटीईभीटीले […]

सीटीईभीटीको परीक्षा भदौ दोस्रो साता

१३ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद् (सीटीईभीटी)ले लकडाउनका कारण स्थगित परीक्षा भदौ दोस्रो साताबाट सुरु गर्ने भएको छ । सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना र भौतिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको सीटीईभीटीद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ । परीक्षाको विस्तृत तालिका भने केही दिनपछि मात्रै प्रकाशित हुने जनाइएको […]

सीटीईभीटीको उपाध्यक्षमा झापाका अधिकारी मनोनित

५ असार, काठमाडौं । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्षमा झापाका खगेन्द्रप्रसाद अधिकारीलाई मनोनयन गरेको छ । असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मनोनयन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । त्यस्तै, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा ताप्लेजुङ […]

सीटीईभीटीका कर्मचारीहरु दिनभर धर्नामा

३१ भदौ, भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)मा कार्यरत कर्मचारीहरू ११ बुँदे माग राखेर चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । सीटीईभीटी व्यवस्थापनसँग गत वर्ष असोज २१ र जेठ १३ गते भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग राख्दै कर्मचारीहरु भदौ २५ गतेदेखि आन्दोलनमा उत्रिएका हुन् । हाल दोस्रो चरणको आन्दोलनअन्तर्गत राष्ट्रिय कर्मचारी संगठन केन्द्रीय कार्यालयमा […]

२५ हजार बुझाए फार्मेसीको परीक्षा पास !

३० साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तरगत सञ्चालित सुनसरी प्राविधिक कलेजको परीक्षामा अनियमितता भएको सार्वजनिक भएको छ । तीन वर्षे ‘डिप्लोमा इन फार्मेसी’को पहिलो वर्षको भौतिकशास्त्र विषयको परीक्षामा उत्तर पुस्तिका नै फेरिएको पाइएपछि प्रहरीले ११ जना विद्यार्थीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय, धरानका डीएसपी ढुण्डिराज न्यौपानेकाअनुसार, पक्राउ पर्नेमा […]