OnlineKhabar.com

साफको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग भिड्ने

नेपालले अफगानिस्तान तथा भारतले माल्दिभ्ससंग खेल्ने

२०७० भदौ २१ गते ११:०४ मा प्रकाशित

२१ भदौ, काठमाडौं । राजधानीमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले अफगानिस्तान प्रतिद्वन्द्वी पाएको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा अफगानिस्तानसँग गोलरहित बराबरी खेलेको माल्दिभ्स ७ अंकका साथ समूह बीको विजेता बनेको छ भने समान अंक जोडको अफगानिस्तान गोल अन्तरमा पछि पार्दै समूह उपविजेता बनेको छ । भारतलाई पराजित गरेको नेपाल समूह एको विजेता हो भने हारका बावजुत भारत समूह उपविजेताका रूपमा अन्तिम चारमा पुगेको छ ।

nepali-football-team

नेपाल र अफगानिस्तानबीचको खेल आइतबार साढे ६ बजे दशरथ रंगशालामा हुनेछ । यो पटक घरेलु टोलीलाई उपाधिको प्रमुख दावेदारका रुपमा हेरिएको छ । उत्कृष्ट र्फममा रहेको नेपाली टोली अफगानिस्तानविरुद्ध जित हात पार्दै पहिलो पटक फाइनलमा प्रवेश गर्ने दाउमा हुनेछ ।

अफगानिस्तान र नेपाल अहिलेसम्म ५ पटक भिडेका छन् । जसमध्ये ३ खेल नेपालले जितेको छ भने एक खेल अफगानिस्तानको पक्षमा गएको छ । एक खेल बराबरीमा सकिएको थियो ।

तर, पछिल्लो पटक २ वर्षअघि दिल्लीमा भएको भेटमा नेपाल अफगानिस्तानसँग १-० गोल अन्तरले पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको थियो । उक्त खेलको १ सय १ औं मिनेटमा अफगानिस्तानले गोल गरेको थियो भने खेलको अन्त्यतिर नेपालका विराज महर्जन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

डिफेन्डिङ च्याम्पियन भारतले भने सेमिफाइनलमा माल्दिभ्सको सामना गर्नेछ । अघिल्लो संस्करणको फाइनलमा पुग्ने क्रममा भारतले माल्दिभ्सलाई ३-१ ले पराजित गरेको थियो ।

शक्रबार भएको समूह बीकै अर्को खेलमा श्रीलंकाले भुटानलाई ५-२ गोल अन्तरले पराजित गरेको छ । श्रींलका र भुटान यसअघि नै प्रतियोगितावाट बाहिरिसकेका थिए ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

   प्राप्त प्रतिकृयाहरू (३९)
  • Rabin लेख्नुहुन्छ    |   २०७० भदौ २३ गते ६:०२

    यो साला को हो यती राम्रो नेपालीको गौरबको कुरामा dis like गर्ने

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

पौडीमा गौरिकालाई तेस्रो काश्य

२६ माघ, काठमाडौं । १२औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पौडीमा नेपाली खेलाडी गौरिका सिंहले व्यक्तिगत तेस्रो काश्य पदक जितेकी छन् । आज भएको स्पर्धामा...

यु-१९ विश्वकपः नेपाल पाकिस्तानसँग पराजित

२६ माघ, काठमाडौं । बंगलादेशमा जारी यु-१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर लिग प्लेअफ सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानले दिएको २५९ रनको...

१२औं सागः नेपाललाई थप तीन पदक

२६ माघ, सिलोङ । भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) को पाचौं दिन आज नेपालले थप तीन पदक जितेको छ । नेपालले उसुमा...

१२औं सागमा गौरिकालाई दोश्रो काश्य

२५ माघ, सिलोङ । १२औं दक्षिण एसियाली खेलकुद (साग) मा गौरीका सिंहले पौडीतर्फ दोस्रो काश्य पदक जितेकी छन् । सागको इतिहासमा अहिलेसम्म व्यक्तिगत स्पर्धामा...

१६ बर्षीया निमाले सागमा नेपाललाई दिलाइन् पहिलो स्वर्ण

२५ माघ, सिलोङ । भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत सोमबार नेपालले पहिलो स्वर्ण पदक जितेको छ । उसुतर्फको नान्ताओउतर्फ निमा घर्तीमगरले स्वर्ण...

महिला फुटवलमा नेपालको लगातार दोश्रो जित, माल्दिभ्स २-० ले पराजित

२४ माघ, सिलोङ । १२ औं दक्षिण एशियाली खेलकुद सागको महिला फुटवलमा नेपालले लगातार दोस्रो सफलता हात पारेको छ । ...

लिसेस्टरले म्यानचेष्टर सिटीलाई हरायो

२४ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग लिडर लिसेस्टरले उपाधिको दाबेदार म्यानचेष्टर सिटीलाई पराजित गरेको छ । जितसँगै उसले ५ अंकको अग्रता लिएको छ...

१२ औं सागमा नेपाललाई रजतसहित तीन पदक

२३ माघ, गुवाहटी । भारतमा जारी १२ औं साग गेम्समा शनिबार नेपालले एक रजतसहित तीन पदक जितेको छ । भारत्तोलनमा रजत र कास्य पदक...

राष्ट्रिय टोलीको ढोका ढकढक्याए राजु र सन्दिपले

२३ माघ, काठमाडौं । यू-१९ विश्वकप जारी रहादा नेपाली कप्तान राजु रिजालको उमेरलाई लिएर भारतीय मिडियाले प्रपोगण्डा मच्चाइरहेका थिए । बंगलादेश विरुद्धको क्वाटरफाइनल अगाडि...

राष्ट्रिय टोलीको ढोका ढकढक्याए राजु र सन्दिपले

२३ माघ, काठमाडौं । यू-१९ विश्वकप जारी रहादा नेपाली कप्तान राजु रिजालको उमेरलाई लिएर भारतीय मिडियाले प्रपोगण्डा मच्चाइरहेका थिए । बंगलादेश विरुद्धको क्वाटरफाइनल अगाडि...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित