OnlineKhabar.com

उम्मेदवार सिफारिस गर्न पनि निर्वाचन !

२०७० भदौ २१ गते १०:२१ मा प्रकाशित

२१ भदौ, म्याग्दी । नेकपा एमाले म्याग्दीले संविधानसभा निर्वाचनका लागि आठजना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

सदरमुकाम बेनीमा बुधबार र बिहीबार बसेको जिल्ला कमिटी बैठकमा उम्मेदवारका आकाङ्क्षीबीच सहमति हुन नसकेपछि निर्वाचनमार्फत प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ पाँचजनाको नाम सिफारिस गरिएको हो । प्रत्यक्षतर्फ पूर्वजिविस सभापति नवराज शर्मा, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ र सदस्य मुना बानिया सिफारिसमा पर्नुभएको छ ।

बिहीबार राति भएको मतदानमा शर्माले ३६ र श्रेष्ठले ३० मत प्राप्त गरी उम्मेदवारका लागि छनोटमा पर्नुभएको हो भने महिला कोटामा बानियाँलाई निर्विरोध सिफारिस गरिएको निर्वाचन मण्डलका संयोजक रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

यसैगरी समानुपातिकतर्फ निर्वाचनमार्फत नै मत परिणामको आधारमा नरदेवी पुन, तर्क केसी, खुमबहादुर बानिया, केदारप्रसाद अधिकारी र डाक्टर हुमबहादुर बरुवाल सम्भावित उम्मेदवारका लागि छनोटमा पर्नुभएको छ । रासस

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

युरोपमा दोहोरी गीत प्रतिष्ठानको शाखा बिस्तार

बसन्त रानाभाट बार्सिलोना ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, यूरोप शाखा गठन गरिएको छ । स्पेन निबासी लोक दोहोरी गायीका सुमी घिमिरे...

तनहुँमा २९ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्ध खोप दिइने

२४ माघ, तनहुँ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत दोस्रो चरणमा जिल्लाका २८ हजार ९०८ बालबालिकालाई खोप दिइने भएको छ । त्यसैगरी...

सिन्धुली पुगेका उपराष्ट्रपतिको स्वास्थ्यमा समस्या, सैनिक अस्पतालमा भर्ना

२३ माघ, काठमाडौं । एक कार्यक्रममा सहभागी हुन सिन्धुली पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनको स्वास्थ्यमा समस्या देखिएपछि आकस्मिक रुपमा हेलिकप्टरमा काठमाडौ ल्याइएको छ । उनको अहिले...

धनुषामा कांग्रेस नेता यादवको गोली हानी हत्या, अर्का एक घाइते

२३ माघ, काठमाडौं । अज्ञात समूहले नेपाली कांग्रेसका स्थानीय नेताको गोली प्रहार गरी हत्या गरेका छन् । अज्ञात समूहले धनुषाको बालाबाखर-४ मा नेपाली कांग्रेसका...

सुशील कोइरालाकै गृह जिल्लामा संस्थापन कमजोर !

आरपी सुवेदी २३ माघ, नेपालगञ्ज । कांग्रेस बाँकेको क्षेत्रीय अधिवेशनमा कांग्रेस सभापति सुशील कोइरालाका विश्वास पत्रहरु नै पराजित भएका छन् । वरिष्ठ नेता शेरबहादुर...

जन्म कैदको सजाय ३० वर्ष बनाउने प्रस्ताव

२३ माघ, काठमाडौं । सरकारले विद्यमान जन्मकैदसम्बन्धी प्रावधानलाई संशोधन गरी १० वर्ष कैद सजाय थप गर्ने प्रस्ताव गरेको छ ।  फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई...

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिपूर्ण हुन्छः मन्त्री राई

२३ माघ, काठमाडौं । सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्रीले निकट भविष्यमै गर्ने भारत भ्रमण निकै उपलब्धिपूर्ण हुने बताएका छन् । पर्वत–काठमाडौं सम्पर्क मञ्चले शनिबार राजधानीमा...

कमलदेव भट्टराइको ‘सङ्क्रमणकाल’ बजारमा

२३ माघ, काठमाडौं । १२ बुँदे सहमतिदेखि संविधान निर्माण हुँदै भारतीय नाकाबन्दीसम्मका राजनीतिक घट्नाक्रमलाई विस्तृत एवम् व्याख्यात्मक रुपमा प्रस्तुत गरिएको पुस्तक ‘सङ्क्रमणकाल’ सार्वजनिक भएको...

वीरगञ्ज नाका बन्द गराउन गएका मोर्चाका कार्यकर्ता लखेटिए

२३ माघ, काठमाडौं । वीरगञ्ज नाका फेरि अवरुद्ध पार्न गएका मधेसी मोर्चाका कार्यकर्तालाई स्थानीय र भारतीय व्यापारीले लखेटेको छन् । स्थानीयबासी र भारतीय ब्यापारीको...

वीरगञ्ज नाका फेरि अवरुद्ध पार्ने मधेसी मोर्चाको निर्णय

१२ माघ, काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगञ्ज नाका फेरि अवरुद्ध पार्ने निर्णय गरेको छ । स्थानीयबासी र ब्यापारीको बलमा...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित