OnlineKhabar.com

रक्सीका लागि २० हजारमा छोरो बेचे सरदारले

२०७० भदौ २१ गते ४:२८ मा प्रकाशित

२१ भदौ, सप्तारी । सप्तरीको नकटी रायपुर गाविस-४ हरिरावाका एक युवकले बुबाको मुख हेर्ने दिन बिहीबार आफ्नो पाँच महिनाका छोरालाई २० हजार रुपैयाँमा बेचेका छन् ।

‘हाम्रो गन्तव्य, मानव बेचबिखनको अन्त्य’ भन्ने मूल नाराका साथ देशभरि मानव बेचबिखन तथा ओसारपसार विरुद्धको सातौँ राष्ट्रिय दिवस मनाइरहेको बेला रक्सी पिउने पैसाका लागि गजेन्द्र सरदारले बिहीबार नाबालक छोरा बेचेका हुन् ।

प्रहरीले जनाएअनुसार स्थानीयवासीको सूचनाका आधारमा नाबालक शिशुसहित उनलाई किन्ने राजविराज-९ का ३८ वर्षका जाकिर अन्सारी र निजकी पत्नी ३० वर्षका कोरेसा खातुनलाई गएराति घरबाट गिरफ्तार गरिएको छ ।

अन्सारी दम्पतीको बयानका आधारमा शिशु किनबेचमा सहयोग गर्ने नकटी रायपुर-४ हरिरावाका ३० वर्षका लालमोहम्मद राइनलाई प्रहरीले गएराति ११ बजे गिरफ्तार गरेको प्रहरीनायब निरीक्षक विश्वनाथ यादवले बताउनुभयो । प्रनानि यादवका अनुसार राइनले छिमेकी सरदारले छोरा बेच्न खोजेपछि निःसन्तान रहेका अन्सारी दम्पतीकहाँ शिशु पुर्‍याइदिएको प्रहरीसमक्ष बयान दिएका छन् ।

हाल अन्सारी दम्पती र राइन शिशुसहित जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् । शिशुले आमाको दूध खान नपाएपछि उनको स्वास्थ्य स्थिति बिगि्रँदै गएको छ । आफ्नै सन्तान बेच्ने सरदारविरुद्ध प्रहरीले मानव बेचबिखनको मुद्दा चलाउने जनाएको छ । रासस

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

आइतबारको टप १० समाचारः पाईंले छुटाउनु भयो कि ?

आज आइतबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईंले छुटाउनु भयो कि ? १....

लुम्बिनीको विकासमा सरकार प्रतिवद्धः प्रधानमन्त्री

सलमान खान २ फागुन, भैरहवा । प्रधानमन्त्री केपी ओली लुम्बिनीको विकासमा सरकार प्रतिवद्ध रहेको बताएका छन् । आइतबार लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रशानिक भवन उद्धघाटन...

कांग्रेस महाधिवेशनको उदघाटन समारोह खुलामञ्चमा

२ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन समारोह खलामञ्चमा हुने भएको छ । आइतबार सिंहदरबारमा बसेको कांग्रेसको पदाधिकारीको बैठकले महाधिवेशनको उद्घाटन...

सरकारी सहुलियतमा सोलार जोड्ने मान्छे भेटिएनन्

२ फागुन, काठमाडौं । लोडसेडिङबाट सहरवासीहरु दिक्क छन् । यसैलाई ध्यानमा राखेर सरकारले बिजुली पुगेका क्षेत्रमा २.२५ प्रतिशत सहुलियत ब्याजदरमा बिनाधितो सोलार जडानका लागि...

‘आकर्षक ठाउँ’मा काज खटिएका ५८ कर्मचारीको सरुवा रोकियो

२ फागुन, काठमाडौं । ‘आकर्षक’ मानिने सरकारी कार्यालयहरुमा काजमा खटिएका अधिकृत तहका ५८ जना कर्मचारीहरुमाथि सामान्य प्रशासन मन्त्रालयले कारवाही प्रक्रिया अघि बढाएको छ ।...

राउटे मुखियालाई प्रधानमन्त्रीले दिए तीन लाख

२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राउटे मुखियालाई तीन लाख सहयोग प्रदान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राउटेका मुखियालाई प्रधानमन्त्रीको...

विदेश पठाइदिने भन्दै ठगी गर्ने गुरुङ पक्राउ

२ फागुन, काठमाडौं । राम्रो काममा विदेश पठाइदिने बाहानामा ठगी गर्ने एक जना पक्राउ परेका छन् । रोहित गिरीसँग दुबई पठाइदिने भन्दै ठगी गरेको...

पुस्तक प्रदर्शनीमा ४५ लाखको कारोबार

२ फागुन, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा एघार दिनसम्म चलेको पुस्तक प्रदर्शनी ४५ लाख मूल्य बराबरका पुस्तकहरु बिक्री भएका छन् । प्रदर्शनी एक लाख जनाले...

चितवनमा आयोजित औद्योगिक प्रदर्शनीमा १५ करोड कारोबार

२ फागुन, चितवन । चितवनको भरतपुरमा आयोजित चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनीमा १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । सात दिनसम्म चलेको प्रदर्शनीमा...

क्रान्तिकारी पत्रकार संघ राष्ट्रिय सञ्चार प्रतिष्ठानको संयोजकमा लम्साल

२ फागुन, काठमाडौं । क्रान्तिकारी पत्रकार संघ राष्ट्रिय सञ्चार प्रतिष्ठानको आइतबार सम्पन्न पहिलो भेलाले ३७ सदस्यीय प्रतिष्ठान सम्मेलन आयोजक समिति चयन गरेको छ ।...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित