Comments Add Comment

हिंसा भयो भन्दै श्रीमती विरुद्ध गरेको मुद्दा दर्ता

७ असोज, विराटनगर । घरेलु हिंसामा परेको भन्दै महिलाले श्रीमानविरुद्ध अदालतमा मुद्दा दर्ता गराएका घटना त प्रसस्तै छन् । तर, पुरुषले पनि आफूमाथि हिंसा गरेको भन्दै श्रीमतीविरुद्ध मुद्दा दर्ता गरेका छन् ।

विराटनगर उपमहानगरपालिका १९ का ५४ वर्षका खेम लोहनीले आफू श्रीमती र छोराछोरीको घरेलु हिंसामा परेको भन्दै मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको नयाँ पत्रिकामा खबर छ । उनले १२ साउनमा घरेलु हिंसाको मुद्दा दर्ता गरेका हुन् ।

लोहनीले मोरङ जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा प्रतिवादी लोहनीकी श्रीमती ४५ वर्षकी सुधार तथा २८ र २६ वर्षका छोराहरु बिराज र विप्रव छन् । उनले २३ वर्षकी छोरी अदैतालाई पनि विपक्षी बनाएका छन् ।

श्रीमती सुधाले आफूलाई खान लाउन नदिएको, घरमा बस्न नदिएको, हेलाहोचो गरेको आरोप लोहनीले लगाएका छन् । छोराछोरीले पनि आमासँग मिलेर आफूलाई हेला गरेको र मानसिक यातना दिएको आरोप उनले लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment