Comments Add Comment

नेदरल्याण्ड सेमिफाइनलमा, कोष्टारिका टाइब्रेकरमा पराजित

Tim-Krul

२२ असार, काठमाडौं । कोष्टारिकालाई टाइब्रेकरमा पराजित गर्दै नेदरल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । आइतबार विहान भएको खेलमा अतिरिक्त समयमा मैदान प्रवेश गरेका गोलरक्षक टिम क्रलले दुई वटा पेनाल्टी रोकेपछि नेदरल्याण्डले कोष्टारिकालाई टाइब्रेकरमा ४-३ ले पराजित गर्‍यो ।

निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकबाट लिइएको थियो । खेल टाइब्रेकरमा जाने देखिएपछि नेदरल्याण्डले सिल्यासनको स्थानमा टिम क्रललाई मैदान प्रवेश गराएको थियो ।

उनले कोष्टारिकाका ब्रायन रुइज र माइकल युमानाको पेनाल्टी प्रहार रोकेका थिए । नेदरल्याण्डका लागि भने रोविन भानपर्सी, आर्जेन रोविन, स्नाइडर र डर्क काइटले गोल गरे । अब नेदरल्याण्डले फाइनल प्रवेशका लागि अर्जेन्टिनासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment