Comments Add Comment

बम आक्रमणमा सैनिक जनरलको मृत्यु

२३ असार, बग्दाद । इराकी सेनाको छैटौँ डिभिजनका कमान्डर मेजर जनरल नाज्म अब्दुल्लाह अल-सुडानीको बग्दादको पश्चिमी भागमा एक बम आक्रमणमा मृत्यु भएको छ ।

मेजर जनरल अल-सुडानीको बम आक्रमणमा मृत्यु भएको प्रधानमन्त्री नुरी अल-मलिकीको सुरक्षा प्रवक्ताले सोमबार दिएका छन् ।

बग्दादको पश्चिमी भागमा पर्ने अबु ग्राइब क्षेत्रमा सुडानीको मृत्यु भएको थियो । यहाँ फलुजाह नगर नियन्त्रणमा लिने लडाकूसँग सेनाको महिनौसम्म सङ्घर्ष चलिरहेको छ । सरकारले फलुजाह तथा रमादी नगरका केही भाग जनवरी महिनामा गुमाएको थियो । इराकी सेना हालसम्म पनि ती भागलाई आफ्नो नियन्त्रणमा लिन असफल भएको छ ।

हालै बग्दादको उत्तमा पर्ने चार प्रान्त तथा अनबरका धेरै भाग जिहादीहरूको आक्रमणमा परेका छन् । यहाँबाट लाखौँ जनता विस्थापित भएका छन् । अन्तर्राष्ट्रिय समुदायले प्रधानमन्त्री मलिकीमाथि दबाब दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment