Comments Add Comment

प्रधानमन्त्री कोइरालाको अन्तिम रेडियोथेरापी भोलि हुने

२५ असार, काठमाडौ । स्वास्थ्योपचारका लागि अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइरालाले चौथो दिनको रेडियोथेरापी लिएका छन् ।sushil koirala पाँच दिनसम्म रेडियोथेरापी गर्नुपर्ने चिकित्सकको सुझाव अनुसार प्रधानमन्त्री कोइरालाले हिजो चौथो दिनको रेडियोथेरापी लिएका हुन् ।

प्रधानमन्त्री कोइरालाले भोलि अन्तिम चरणको रेडियोथेरापी लिनेछन् । चारदिनसम्म रेडियोथेरापी गरिएपनि प्रधानमन्त्री कोइरालालाई कुनै समस्या नरहेको र स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको कांग्रेस नेतृ मृदुला कोइरालाले जानकारी दिएकी छिन् ।

प्रधानमन्त्री कोइरालाले भोलि अन्तिम रेडियोथेरापी लिएपछि केही दिनको बसाईपछि स्वदेश फर्किने तयारी छ । फोक्सोमा दाग देखिएपछि प्रधानमन्त्री कोइराला असार २ गते उपचारका लागि अमेरिका गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment