Comments Add Comment

बिरामीको संख्या बढेपछि व्यवस्थापनमा समस्या

२६ असार, चितवन । भरतपुर अस्पतालमा उपचारका लागि ल्याइने बेवारिसे बिरामीको सङ्ख्या बढदै गएपछि व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । अस्पतालमा जिल्लाभन्दा बाहिरबाट ठूलो सङ्ख्यामा बेवारिसे बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले दिएको तथ्याङ्कअनुसार यस आर्थिक वर्षमा १३ जना बेवारिसे बिरामी अस्पतालमा आएको र ती सबै चितवनबाहिरका रहेका छन् । बेवारिसे अवस्थामा आएका बिरामीको उपचार अस्पतालले निःशुल्क गर्ने गरेको छ । चितवन यातायातका दृष्टिकोणले केन्द्रविन्दु रहेकाले यहाँ बढी मात्रामा यस्ता बिरामीहरु आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक हरिबहादुर केसीले बताए । यस वर्ष बेवारिसे अवस्थाका बिरामीमध्ये दुईजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी उनले जानकारी दिए ।

बेवारिसे बिरामीमध्ये अधिकांश वृद्धवृद्धा छन् । घरपरिवारबाट अपहेलित भएर अर्काको घरमा काम गर्न बसेका वृद्धवृद्धा बढी मात्रामा बेवारिसे बन्ने गरेका छन् । अस्पतालले औषधि उपचार निःशुल्क गरिदिने हुँदा पनि कतिपयको परिवारले नै अस्पतालमा ल्याएर छाडेर जाने गरेको अस्पतालले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा नौजना बेवारिसे बिरामीको उपचार गरिएकामा यस आर्थिक वर्षमा १३ जनाको गरिएको छ । बेवारिसे बिरामीहरु उपचारपछि पनि नजाने हँुदा थप समस्या भएको छ । भरतपुर अस्पतालमा रहेका ६ जना बेवारिसे बिरामीलाई मानव धर्म सेवा समिति मकवानपुरले केही महिनाअघि संरक्षणका लागि लगेको थियो । विगत १० वर्षदेखि अस्पतालमा नै उपचार गराएर बस्ने बेवारिसे बिरामीसमेत रहेको मेडिकल सुपरिटेन्डेन्ट केसीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment