Comments Add Comment

ओली प्यानलमा वामदेवको ४० प्रतिशत हिस्सा ?

२६ असार, काठमाडौं । अन्ततः एमाले उपाध्यक्ष तथा कार्यवाहक प्रधानमन्त्री वामदेवले ओली प्यानलमा ४० प्रतिशत हिस्सा लिन सफल भएका छ्न । ओलीको प्यानलमा वामदेवले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म आफ्ना मान्छेलाई उम्मेवार बनाउन सफल भएका छन् ।

Bamdev-Gautem१४ सदस्यीय पदाधिकारीमा वामदेव गौतम र किरण गुरुङ उपाध्यक्ष तथा केशवलाल श्रेष्ठ र रघुवीर महासेठ सचिवमा परेका छन् । केन्द्रीय सदस्यमा पनि सूर्य थापा, गोपाल शाक्य बलराम बास्कोटा रविन्द्र अधिकारी, शारदाप्रसाद सुवेदी, गुलाबजंग शाह, यमलाल कँडेल महेश्वर पाठक, राधा ज्ञवाली, सावित्रा भुजेल, पद्मा अर्याल, जगदीश कुसियत, दलबहादुर राना, राजेन्द्र राई- धनकुटा), दावा लामा, चन्द्र रिजाल लगायतका उम्मेदवार गौतमनिकट मानिन्छन् ।

कृषि मन्त्री हरि पराजुली भने लिष्टमा परेनन् । वामदेवको कृपाबाट मन्त्री बनेकाले उनलाई केन्द्रीय सदस्यमा नल्याइएको स्रोतले जनाएको छ । उनले यसचोटि खुलाबाट पूर्ण केन्द्रीय सदस्य घोषणा गरिसकेका थिए । उनलाई किसान महासंघको अध्यक्ष बनाइने आश्वासन दिइएको गौतमनिकट स्रोतले जनाएको छ ।

युवा संघका पूर्वकोषाध्यष तथा वामदेव खेमाबाट केन्द्रीय सदस्य पाइन्छ भनेर माधव नेपाल समूह छाडेका बाबुराम थापा पनि अन्ततः प्यानलमा परेनन् । उनी किसान महासंघअन्तर्गतको युवा किसानका अध्यक्ष थिए । त्यहीँबाट उनी महाधिवेशन प्रतिनिधि पनि बनेका हुन् । ओली प्यानलमै बाबुराम थापा परेका छन्, तर उनी युवा प्रतिनिधि नभएर शिक्षक संगठनका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment