Comments Add Comment

वेपत्ता भएका अधिवक्ता बस्नेतको खोजी गरिदिन परिवारको आग्रह

२६ असार, बिराटनगर । एक सातादेखि सम्पर्कबिहीन भएका अधिवक्ता शंखर बस्नेत खोजीका लागि परिवारले अधिकारकर्मीसमक्ष आग्रह गरेका छन् ।

मोरङ वार एसोसियसनका सदस्य समेत रहेका विराटनगर-११ हाटखोला निवासी ४० वर्षीय बस्नेत बिराटनगरको हाटखोलाबाट गत शुक्रवारदेखि बेपता भएका छन् । बिहीबार पत्रकार सम्मेलन गरी बस्नेत पत्नी ईशाले भनिन्-‘उहाँको खोजीका लागि आफन्त नातागोता सबैतिर गुहार मागिसकेँ । सबैतिर खोजतलास गर्दा पनि उहाँको अवस्था पत्ता लगाउन सकिन ।’

बेपत्ता पतिको खोजीका लागि प्रहरीमा निवेदन दिएपनि चासो नदिएको ईशाले गुनासो गरिन् । ‘उहाँ बेपता भएको यत्तिका भईसक्यो, प्रहरीले अहिलेसम्म स्पष्ट जवाफ दिएको छैन’ बार एसोसियसनले सहयोग नगरेको भन्दै ईशाले गुनासो गरिन्, ‘प्रहरीले खोज्छ भन्ने विश्वास मरिसक्यो ।’

बस्नेतका आमा, पत्नी, १ छोरा र १ छोरी छन् । मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज पोख्रेलले अधिवक्ता बस्नेतको बेपत्ता भएको अवस्थाको अनुसन्धान गर्दा उनलाई अपराधिक समूहले लगेको नदेखिएको जानकारी दिए ।

निरौला दश दिनदेखि बेपत्ता

बिराटनगर-१६ का ५७ वर्षीय लक्ष्मीप्रसाद निरौला १० दिनदेखि बेपत्ता भएको खुलेको छ । निरौलाका छोरा रामकृष्णले पत्रकार सम्मेलनमै बाबु बेपता भएको १० बितिसक्दा पनि अवस्था पत्ता लाग्न नसकेको जानकारी दिए । बिराटनगर-१६ टोलविकास समितिका अध्यक्ष समेत रहेका उनी छोरा बुहारीसँग बिराटनगरमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment