Comments Add Comment

चेम्बरको अध्यक्षमा पुनः राजेश काजी श्रेष्ठ

Chamber
२६ असार, काठमाडौं । नेपाल चेम्बर अफ कर्मशको अध्यक्षमा राजेश काजी श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । पूर्व अध्यक्ष समेत रहेका उनलाई चेम्बरको ६०औं वाषिर्क साधारण सभाले अध्यक्षमा चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले बिहीबार चेम्बर सचिवालयमा पदभार ग्रहण गरेका छन् । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष सुरेश कुमार बस्नेत, बरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, प्रथम उपाध्यक्षमा राजेन्द्र रत्न तुलाधर र द्धितीय उपाध्यक्षमा राजेन्द्र मल्ल रहेका छन् ।

त्यसैगरि, महासचिवमा कमलेश कुमार अग्रवाल, सचिवमा निलकण्ठ चौलागाईं, देवेन्द्र भक्त श्रेष्ठ, सन्तोष कुमार पाण्डे र पर्शुराम दाहाल, कोषाध्यक्षमा राजेन्द्र अर्याल र सह कोषाध्यक्षमा राजा रत्न तुलाधर चयन भएका छन् ।

सदस्यहरुमा भक्त बहादुर मल्ल, किशोर कुमार अग्रवाल, महेन्द्र मान श्रेष्ठ, कमल कुमार बेगानी, राष्ट्रभूषण चाकुबाजी, राजु श्रेष्ठ, नरेश गुरुङ, अन्जान शाक्य, कृष्णमान श्रेष्ठ, कैलाशचन्द्र गोयल चयन भएका छन् ।

रामशरण थपलिया, हरि बहादुर कार्की, सुरेन्द्र कुमार श्रेष्ठ, नरेश श्रेष्ठ, भिमलाल पौडेल, हेम बहादुर स्वाँरलाई पनि सभाले नयाँ कार्यसमितिमा चयन गरेको छ । त्यस्तै, दीपक काजी तुलाधर, सुरेन्द्र कुमार सारदा, निरज राई, राजेन्द्र शेरचन, दुर्गा बहादुर श्रेष्ठ र श्री कृष्ण रिजाल कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment