Comments Add Comment

पोखराकी अरुणा भारतमा प्रथम

aruna

२६ असार, पोखरा । पोखराकी अरुणा पराजुली (तिमिल्सिना) ले भारतस्थित जवाहरलाल नेहरु कृषि विश्वविद्यालयको एग्रिकल्चर इकोनोमी एण्ड फार्म म्यानेज्मेण्ट विषयको स्नातकोत्तर तहमा प्रथम भएकी छन् ।

मध्यप्रदेशस्थित जबलपुरमा रहेको विश्वविद्यालयमा उनले उच्च अंक ल्याएर दुई अवार्ड प्राप्त गरेकी हुन् । विश्वविद्यालयको हालै सम्पन्न स्वर्ण महोत्सवको अवसरमा आयोजित समारोहमा अरुणालाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पदक प्रदान गरेका थिए ।

उनले विश्वविद्यालय नै उच्च अंक ल्याए वापत डी.के. तिवारी स्वर्ण पदक र विभागमा प्रथम भएवापत जेएनकेभीभी स्वर्ण पदक पाएकी हुन । अरुणाले सन् २०१२/०१३ मा सर्वोत्कृष्ट ८६.७ प्रतिशत ल्याएकी थिइन् ।

पोखराको २ मिरुवा स्थित खगेन्द्रराज र शान्ता पराजुलीकी छोरी अरुणाले पोखराको विन्ध्यश्वरी आदर्श बोर्डिङबाट प्रवेशिका र गण्डकी बोर्डिङबाट विज्ञान विषयमा दश जोड दुई सकेकी थिइन् । त्यसपछि काठमाडौंको हिमालयन कलेज अफ एग्रीकल्चरल साईन्सस एण्ड टेक्नोलोगी -हिकास्ट) बाट सन् २०१० मा कृषि अर्थशास्त्र र ब्यापार ब्यबस्थापन बिषयमा स्नातक उतिर्ण गरेकी अरुणाले भारतीय दूताबासले प्रदान गर्ने ‘नेपाल ऐड फण्ड’ छात्रबृत्ति पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment