Comments Add Comment

मानव बेचबिखनमा संलग्नलाई दुई वर्ष कैद सजाय

२७ असार, इलाम । इलामको फिक्कलकी एक युवतीलाई विदेश पठाइदिने बहानामा मानव बेचबिखन गर्न खोज्ने दुई जनालाई दुई/दुई वर्षको कैद सजाय सुनाइएको छ ।

जिल्ला अदालत इलामका जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले इलाम पशुपतिनगर-९ की चन्द्रमाया तामाङ भनिने सेतीमाया तामाङ र फिक्कल-५ की विन्दु तामाङलाई दुई/दुई वर्षको कैद सजाय सुनाएको हो ।

उनीहरूले ती महिलालाई विदेश पठाइदिने भन्दै चार हजार लिएर ललाइफकाई घरबाट लगी मानव बेचबिखन कार्य गरेको भन्दै उनीहरूविरुद्ध पीडितका आफन्तले २०७० असोज १६ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी दिएका थिए । यसअघि अदालतले गत कात्तिक ११ गते आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment