Comments Add Comment

ट्रक र ट्रिपर आपसमा ठोक्किँदा एकको मृत्यु

२७ असार, बारा । बारामा ट्रक र ट्रिपर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एक जना गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गमा अन्तरर्गत बाराको निजगढ नगरपालिका-९ मा ना ३ ख ८२१२ नम्बरको पश्चितर्फ गइरहेको ट्रिपर र विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ४१३० नम्बरको ट्रक एकआपसमा ठोक्किँदा ट्रिपर चालकका पर्सा महुवन-१ निवासी २४ बर्षीय अनुरुद्र गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ट्रक चालक बारा रामपुर टोकनी-३ का ३५ बर्षीय मिरजा आलम अन्सारीको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । ट्रक र ट्रिपरलाई इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment