Comments Add Comment

प्रचण्डको मोर्चा बनेको दुई दिन नबित्दै अर्को मोर्चा जन्मियो

२७ असार, काठमाडौं । एमाओवादी र मधेसवादी दलहरुले पहिचानसहितको संविधान निर्माणमा दबाव दिन सात दलीय मोर्चा बनाएको दुई दिन नबित्दै पहिचान पक्षधरहरुको अर्को पनि मोर्चा घोषणा हुने भएको छ ।

एमाओवादी अध्यक्ष प्रचण्डले मोर्चा घोषणा गरेलगतै जनजाति पार्टीहरुले मिलेर अर्को मोर्चा घोषणा गर्न लागेका हुन् । संविधानसभामा भएका र बाहिर रहेका दलहरुले पहिचानमा आधारित संघीय गठवन्धन बनाएका छन् । यसको घोषणा शनिबार हुनेछ ।

मोर्चामा संविधानसभा बहिस्कार गरेको सामाजिक लोकतान्त्रिक पार्टीसहित राष्ट्रिय जनमुक्ति, लिम्बुवान राष्ट्रिय परिषद्, खम्बुवान राष्ट्रिय मोर्चा, नेपा पार्टी, थरुहट तराई पार्टी र आदिवासी जनजाति पार्टी रहेका छन् । ‘पहिचानमा आधारित संघीय संरचना र आदिवासी जनजातिको अधिकार संविधानमा सुनिश्चित गराउन मोर्चा बनाएका हौं’ समाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डलका सदस्य पासाङ शेर्पाले अनलाइनखबरसँग भने ।

स्रोतका अनुसार शनबिार हुने मोर्चाको घोषणामा एमाओवादी अध्यक्ष प्रचण्डलाई पनि निम्त्याइएको छ । यसअघि एमाओवादीसहितका सात दलले बिहीबार मात्रै संघीय गणतान्त्रिक मोर्चा नेपालको घोषणा गरेका थिए । जसमा विपक्षमा रहेका सात दल सहभागी छन् ।

प्रचण्ड नेतृत्वको मोर्चामा एमाओवादी, तराई-मधेश लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, जमेधसी जनअधिकार फोरम, संघीय समाजवादी तराई मधेस समाजवादी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment