Comments Add Comment

सरकारी कर्मचारी पनि एमाले उम्मेदवार !

२७ असार, काठमाडौं । भृकुटीमण्डपमा जारी नेकपा एमालेको नवौं महाधिवेशनबाट नेतृत्वमा पुग्नका लागि सरकारी सिन्दूर लगाएका कर्मचारीसमेत चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । माधव नेपाल र केपी ओली दुबै गुटबाट सरकारी कर्मचारीहरु चुनावी मैदानमा छन् ।

एमालेको चुनावी मैदानमा उत्रनेहरुमा निजामतिदेखि बैंकका कर्मचारी र सरकारी विद्यालयका हेडसर समेतसम्म छन् । सरकारी निकायको उपल्लो तहमा पुगेकाहरु नै अहिले एमालेको उपल्लो तहमा पुग्ने दौडमा लागेका हुन् । निजामति सेवा ऐनले राजनीतिमा लाग्न निषेध गरे पनि कर्मचारीहरु सरकारी तलब भत्ता बुझ्दै दलको राजनीतिमा लागेका हुन् ।

कोको बने उम्मेद्वार ?

नेपाल सरकारकार उप-सचिवसमेत रहेका पेशागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल माधव नेपालको प्यानलबाट केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा छन् ।

त्यसैगरी राष्ट्रिय बाणिज्य बैंक सिंहदरबार शाखाका अधिकृत शिव अधिकारी -रविन) एमालेको लेखापरीक्षण आयोगको सदस्यका लागि चुनाव लड्दैछन् । उनीसँगै काठमाडौं महानगरपालिका अन्तरगतको हनुमान ढोका दरबार संरक्षण विभागका अधिकृत हरिकुमार श्रेष्ठ पनि नेपाल प्यानलबाटै लेखा समिति सदस्य पदमा चुनावी मैदानमा छन् ।

त्यसैगरी ललितपुरस्थित महेन्द्र उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका बाबुराम थापा केपी ओली प्यानलबाट केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा छन् । स्थायी शिक्षकसमेत रहेका थापा एमालेनिकट शिक्षक संगठनका नेता पनि हुन् । त्यस्तै नेपाल इन्जिनियरिङ अध्ययन संस्थानका डीन डा. भरत पहारी पनि एमालेको अुनशासन आयोगको उम्मेद्वार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment