Comments Add Comment

बैद्य माओवादीले केन्द्रीय समितिको बिस्तारित बैठक बोलायो

२७ असार, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले शनिबारबाट केन्द्रीय समितिको बिस्तारित बैठक बोलाएको छ ।

असार १८ गतेदेखि जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष मोहन बैद्यको राजनीतिक प्रतिवेदन र सचिव नेत्रविक्रम चन्द विप्लवको फरकमतमा छलफल भएपनि सहमतिमा पुग्न नसकेपछि विस्तारित बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय सदस्यका साथै वैकल्पिक केन्द्रीय सदस्य र सल्ल्ााहकार सहभागी हुनेछन् ।

बैठकमा अध्यक्ष वैद्यले ‘जनयुद्धको जगमा जनविद्रोह’को कार्यदिशासहितको प्रस्ताव प्रस्तुत गर्नुभएकामा त्यसमा असहमति जनाउँदै सचिव चन्दले ‘जनयुद्धको निरन्तरतामा जनविद्रोह’को कार्यदिशाको प्रस्ताव पेस गरेका छन् । संक्रमणकाल रहेसम्म विद्रोहको सम्भावना रहने भन्दै उनले ार्टीले विद्रोहको तयारीमा लाग्नुपर्ने, एमाओवादीसहितको मोर्चा बनाएर जनपक्षीय संविधान निर्माणका लागि दबाब दिनुपर्ने बताएका छन् ।

तर, वैद्यको प्रस्तावमा सचिव चन्दले असहमति जनाउँदै अब विद्रोहको सम्भावना न्युन हुँदै गएकाले पार्टीले जनसरकार, जनअदालत गठन गर्दै जनयुद्वको तयारीमा लाग्नुपर्ने प्रस्ताव पेश गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment