Comments Add Comment

गुरु पूर्णिमाको अबसरमा नगर सरसफाइ

२८ असार, काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले काठमाडौं नगर सरसफाइ गरेको छ । गुरु पूर्णिमाको अवसर पारेर थालिएको अभियानको पशुपति क्षेत्र विकास कोषका सदस्य-सचिव डा. गोविन्द टन्डनले शूभारम्भ गरेका छन् ।

सरसफाइ अभियानका क्रममा काठमाडौंको गौशाला चोक देखि सडकको दाँया-बाँया र पशुपति क्षेत्र विकास कोष परिषरभित्र रहेको हंस मण्डप हुँदै तिलगंगासम्म पुगेको थियो । महात्मा श्री चादना बाईजीले गुरुपूजाको दिनमा नगर सरसफाई गर्नु अत्यन्त महान कार्य भएको बताए । समितिले आगामी दिनहरुमा पनि यस्ता अभियानलाई निरन्तरता दिने उनको प्रतिवद्धता थियो ।

सरसफाइ अभियानको अलाबा समितिले ‘गुरु पुजा महोत्सव २०७१’ आफ्नै श्री हंश आत्मबोध आश्रम, गौशालामा वृहत सत्संग समारोहको पनि आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment