Comments Add Comment

एमाले चुनाव : पहिलो दिन केपी ओलीको प्यानल नै अगाडि

Uml counting

२९ असार, काठमाडौं । नेकपा एमालेमा जारी भएको मतगणनाको प्रारम्भिक नतिजामा १४ पदाधिकारीमध्ये अध्यक्ष सहित १३ पदाधिकारीमा ओली पक्षले अग्रता लिएको छ । जम्मा ४ सय २२ मतदाता रहेको एक नम्बर बुथको मतगणना सकिएको छ र बाँकी गणना सोमबार मात्र हुनेछ ।

पहिलो लिनको गणना सकिँदासम्म ओलीले ५१ मतले अग्रता लिएका छन् । उनले २ सय २४ र नेपालले १ सय ७४ प्राप्त गरेका छन् ।

अध्यक्ष सहित १४ पदाधिकारीमध्ये नेपाल पक्षका गोकर्ण विष्टलेले मात्र झिनो मतले अग्रता लिएका छन् । पाँच उपाध्यक्षमा सबै ओली पक्ष उम्मेदवारले अग्रता लिएका छन् ।

उपाध्यक्षहरुमध्ये सबैभन्दा बढी मत वामदेव गौतमले २ सय ४५ प्राप्त गरेका छन् । त्यस्तै विद्या भण्डारीलाई २ सय ३९, किरण गुरुङलाई २ सय १५, प्रदीप नेपाललाई २ सय ८ र धर्मनाथ प्रसाद साह १ सय ९९ मत पाएका छन् ।  त्यस्तै नेपाल पक्षका उपाध्यक्ष उम्मेदवारहरु अष्टलक्ष्मी शाक्यले १ सय ९५, युवराज ज्ञवालीले १ सय ७७, भीम रावल १ सय  ८३, राजेन्द्र पाण्डेले १ सय ७९ र लालबाबु पण्डितले १ सय ७४ मत प्राप्त गरेका छन् ।

महासचिवमा ओली प्यानलका इश्वर पोखरेलले नेपाल प्यानलका सुरेन्द्र पाण्डेलाई २८ मतले पछि पारेका छन् । पोखरेललाई २ सय १९ र पाण्डेलाई १ सय ९१ मत प्राप्त भएको छ ।

उपमहासचिवमा पनि ओली पक्षकै बिष्णु पौडेल र शंकर पोखरेलले अग्रता लिएका छन् । पौडेलले २ सय ४४ र पोखरेलले २ सय २२ मत पाएका छन् । नेपाल पक्षका घनश्याम भुषालले १ सय ९६ र रघुजी पन्तले १ सय ७० मत पाएका छन् ।

५ सचिवका लागि दुवै पक्षको तीब्र प्रतिस्पर्धा देखिएको छ । सचिवहरुमध्ये सबैभन्दा बढि मत प्रदीप ज्ञवालीले २ सय ४७ मत पाएका छ्न । उनले पाएको मत सबै पदाधिकारी उम्मेदवारहरुमध्ये बढि हो । त्यस्तै अन्य सचिवहरुमा नेपाल पक्षका गोकर्ण विष्टले २ सय २९ मत पाएका छन् ।

ओली पक्षका बिष्णु रिमालले २ सय १७, पृथ्वीसुब्बा गुरुङले २ सय २३, रघुवीर महासेठले १ सय ९५ र केशवलाल श्रेष्ठले १ सय ९२ मत पाएका छन् । नेपाल पक्षका भीम आचार्य र परशुराम मेघी गुरुङले समान १९० मत पाएका छन् । योगेश भट्टराईको समान १ सय ८९ मत आएको छ । सबैभन्दा कम मत बेदुराम भुषालले १ सय ६६ मत पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment