Comments Add Comment

वीर अस्पतालमा भीआपीको उपचारका लागि छुट्टै वार्ड

२९ असार, काठमाडौं । सरकारले राष्ट्रप्रमुख, सरकारप्रमुखसहित विशिष्ट व्यक्तिहरूका लागि वीर अस्पतालमा सुविधा सम्पन्न वार्ड बनाउने घोषणा गरेको छ । आइतबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्रीले नेताहरू उपचारका लागि विदेश जाने प्रवृत्ति अन्त्यका लागि वीर अस्पतालमा सुविधासम्पन्न वार्ड बनाउन लागिएको बताए ।

स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि ३३ अर्व ५२ करोड विनियोजन गरिएको छ । यसबाट आगामी आर्थिक वर्षमा शिशु, बाल र मातृ मृत्युदरमा कमी आउने र नेपालीको औसत आयुमा वृद्धि हुने सरकारको अपेक्षा छ ।

सरकारले स्वास्थ्य नीति कार्यान्वयनमा ल्याउनेल भन्दै स्वास्थ्य संस्थाहरूको पूर्वाधारलाई आधुनिक किसिमले विकास गरिनेछ। सरकारी अस्पतालको क्षमता अभिवृद्धि गर्न निजी तथा सरकारी सहकार्यको अवधारणा ल्याइने भएको छ ।

स्थानीय आवश्यकता अनुसार अस्पताल तथा स्वास्थ्य केन्द्रहरुबाट चौबिसै घण्टा सरकारबाट तोकिएका निःशुल्क औषधि प्राप्त हुने व्यवस्था सुनिश्चित गरिने तथा आगामी आर्थिक वर्षसम्ममा सम्पूर्ण उप-स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गर्ने सरकारले बताएको आवश्यकता अनुसार अस्पताल तथा स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति गरी पाँचवटा अञ्चल अस्पतालहरूमा आइसीयु र सबै अञ्चल अस्पतालहरूमा जेरियाट्रिक वार्डको स्थापना गरिने बजेटमा उल्लेख छ ।

सरकारले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकहरूको दरबन्दी वृद्धि गर्दै लैजाने बताएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा रहने चिकित्सकको संख्या बढाइने र दुर्गम तथा ग्रामीण क्षेत्रमा काम गर्ने चिकित्सकलाई निश्चित मापदण्ड बनाई नन् प्राक्टिस भत्ता उपलब्ध गराइने समेत सरकारले बताएको छ ।

आगामी वर्ष ५०० स्वास्थ्य चौकी, ३०० प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालहरुमा मृगौला रोगको पूर्व परीक्षण शुरु गरिने बजेट भाषणमा उल्लेख छ। दक्ष स्वास्थ्यकर्मीबाट प्रसुती सेवा उपलब्ध गराइने नीति प्रवर्द्धन गर्न आगामी वर्षदेखि ‘मिड वाइफरी’ शिक्षा शुरु गरिने र महिला स्वास्थ्य स्वयंसेविकाहरुको यातायात खर्चलाई दोब्बर बनाई उनीहरूले पाउने पोशाक भत्ता बढाएर प्रतिव्यक्ति ५ हजार पुर्याएको अर्थमन्त्रीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment