Comments Add Comment

घुस लिने सिचाई डिभिजन कार्यालयका तीन इन्जिनियरसहित चार पक्राउ

३० असार, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मध्माञ्चल सिचाई डिभिजन कार्यालय नं. ५ भरतपुर चितवनमा कार्यरत तीन इन्जिनियरसहित चार जनालार्इ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इन्जिनियरहरु रामभद्र पण्डित, मधु अधिकारी र चक्रपाणि लामिछाने तथा लेखा अधिकृत ऋषिभक्त तिमिल्सिना रहेका छन् । सेवाग्राहीहरुसंग काम मिलाइदिए बापत ४ लाख ९८ हजार घुस रिसवत लिंदालिंदै आयोगको विशेष टोलीले हिरासतमा लिएको अख्तियारका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment