Comments Add Comment

राति जितेर सुतेका एमाले नेता बिहान उठ्दा पराजित

१ साउन, काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी सदस्यहरुको निर्वाचनको मतगणना सकिएर परिणाम सार्वजनिक हुँदा जितेका भनिएका केही सदस्यहरु मध्यरातमा हारेका छन् । मध्यरातमा सबै मतको हिसाब निकाल्दा हारेका भनिएका केही नेता जित्न सफल भएका छन् ।karnabahadur thapa

निर्वाचन आयोगका सदस्य गंगा नेपालले जित्नेहरुले आफूखुसी हिसाब निकाल्दै बाहिर गएर सार्वजनिक गर्दा प्राबिधिक त्रुटीले केही हार्नेले जितेको र जित्नेले हारेको भनेर मिडियामा समाचार गएको बताए । ‘हामीले आधिकारिक रुपमा निकालेको कुरा मात्र तथ्यमा आधारित छ’ उनले भने ।

खुल्ला केन्द्रीय सदस्यमा पराजित भनिएका उद्योगमन्त्री तथा अध्यक्ष केपी ओलीका विश्वासपात्र कर्णवहादुर थापाले जितेका छन् भने ओली पक्षबाटै जितेका भनिएका गोपाल शाक्य हारेका छन् । थापाले ९ ससय ९० मत पाएर जितेका छन् । ओली प्यानलबाटै जितेको भनिएका बैतडी १ का सभासद दामोदर भण्डारी पनि पराजित भएका छन् ।

त्यस्तै जितेका भनिएका माधव नेपाल प्यानलका नागेन्द्र चौधरी र हारेको भनिएका ओली प्यानलका खिमलाल भट्टराईको मत बराबरी भएकाले जित्नेको टुंगो लगाउन बाँकी रहेको निर्वाचन आयोगका सदस्य नेपालले जानकराी दिए । चौधरी र भट्टराई दुबैजनाले बराबरी ९ सय ८६ मत पाएकाले आजै अपरान्ह केन्द्रीय कार्यालयमा दुबैजनाको उपस्थितिमा आयोगले गोलाप्रथाबाट जित्नेको टुंगो लगाउने उनले जानकारी दिए ।

वैकल्पिक केन्द्रीय सदस्यमा जितेका भनिएका नेपाल प्यानलका शोभियत ढकाल पराजित भएका छन् भने ओली प्यानलका खेम लोहनीले मध्यरातमा अन्तिम हिसाब-किताब मिलाउँदा जितेका छन् । अनुशासन आयोग र लेखा आयोगमा मिश्रति परिणाम आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment