Comments Add Comment

विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गर्न अख्तियारको निर्देशन

८ साउन, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणमा तत्काल कार्यकारी निर्देशक नियुक्त गर्न सरकारलार्इ निर्देशन दिएको छ ।

अख्तियारले बिहीबार मुख्य सचिवलार्इ पत्र पठाएर प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने आवश्यक व्यवस्था मिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ बमोजिम नेपाल सरकारका मुख्य सचिवलाई लेखी पठाईएको छ ।

 नेपाल विद्युत प्राधिकरणलाई लामो समयदेखी निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । प्राधिकरण लामो समयसम्म नेतृत्वविहीन हुँदा त्यस क्षेत्रले अपेक्षाकृत उदेश्य हासील गर्न नसक्ने र समग्र विकास नै अवरुद्ध हुन सक्ने अख्तियारले जनाएको छ ।

यस्तै अख्तियारले सामाजिक सुरक्षा भत्ता लक्षित व्यक्तिको हातमा पुग्ने वातावरण बनाउन सरकारलार्इ निर्देशन दिएको छ ।

सामाजिक सुरक्षा भत्ता दुरुपयोग एवं अनियमितता भएको गुनासोबारे गम्भीर रहेको भन्दै अख्तियारले गुनासाहरू सम्बोधन हुने गरी अपेक्षित उद्देश्य बमोजिम लक्षित व्यक्तिको हातमा सहज ढंगबाट उक्त भत्ता रकम बितरण गर्ने व्यवस्था मिलाउन स्थानीय विकास मन्त्रालयलाई लेखि पठाउन र कार्यन्वयन तथा अनुगमनको व्यवस्था गर्न मुख्य सचिव तथा मन्त्रिपरिषदको कार्यालय लाई लेखी पठाएको छ ।

साथै सामाजिक सुरक्षा भत्ताका सम्बन्धमा यस आयोगका सवै क्षेत्रिय तथा सम्पर्क कार्यालयहरूले नियमित अनुगमन गर्ने अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment