Comments Add Comment

छात्रामाथि प्राचार्य र समादेशकको ज्यादती

८ साउन, काठमाडौँ । नेपाल प्रहरी आवासीय उमावि साँगामा अध्ययनरत छात्रा स्वेच्छा लुइटेललाई विना कारण विद्यालयबाट जवरजस्ती निष्काशन गरेको भन्दै पीडित परिवारले न्यायको माग गरेका छन् । swoicha-luitel

कक्षा १२ मा अध्ययनरत छात्रा स्वेच्छा लुईटेललाई विना कारण विद्यालयबाट निष्काशन गरेको भन्दै पीडित परिवारले रिपोर्टर्स क्लब नेपालमा बिहिबार पत्रकार सम्मेलन गरी विद्यालयका अभिभावकले नै विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाउँदै सम्बन्धित सवै सरोकारवालाहरुको ध्यानाकार्षण समेत गराएका छन् ।

पत्रकार सम्मेलनमा पीडित छात्रा स्वेच्छा लुईटेलले आफ्नो आमाको रिसमा आफूलाई विद्यालयले विना कारण निष्काशन गरेर आफ्नो अधिकार हनन गरेको भन्दै न्यायको अपिल गरेकी छिन् ।

उनले भनिन्,’मेरो ममी पनि मैले अध्ययन गरेको विद्यालयमा नै कार्यरत हुनुहुन्छ । तर ममीलाई पनि विद्यालयले निश्काषन गर्न लाग्दा ममीले पूनरावदेन अदालतमा निवेदन दिनुभएको थियो । अदालतले अन्तरिम आदेश जारी गरि हाजिर गराउनु भन्ने आदेश दिँदा पनि विद्यालयले उक्त आदेश नमानेपछि अदालतको अपहेलना सम्बन्धी मुद्धा दर्ता भएको थाहा पाएपछि उहाँहरुले रिस फेर्न यस्तो निर्णय गरेका हुन् ।’

लुईटेलले आफ्नो अधिकार खोज्न ममीले अदालतको साहारा लिँदा ममीको रिसमा मेरो अधिकारमाथि विद्यालयले खेलबाड गरेको भन्दै आफ्रनो शिक्षा लिन पाउने अधिकारमा बञ्चित गर्ने सवैलाई कारवाही गर्न नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीलाई आग्रह गरेकी छिन् । उनले आफूलाई विद्यालयका प्राचार्य डा. नवरथ बानिया र समादेशक नायब उपरिक्षक राजुबाबु श्रेष्ठले साउन ७ गते आफ्नो कार्यकक्षमा लगेर अनावाश्यक मानसिक तनाव दिएर परीक्षा दिनबाट बञ्चित गरेकोले आफूलाई निकै दुःखी तुल्याएको समेत बताइन् ।

उनले विद्यालयका समादेशक राजुबाबु श्रेष्ठले आफू प्रहरी हुँ जे पनि गर्न सक्छु मार्न सक्छु रगत छदाउन सक्छु भनेर धम्की दिएको बताइन् । उनले यसरी धम्की दिएको भन्दै परिवारको ज्यानको रक्षा गर्न विभिन्न सरकारी निकाय, मानवअधिकार आयोग लगायत शैक्षिक संघ सँस्थाहरुलाई अनुरोध गरेकी छिन् । पीडितकी आमा धेनुका लुईटेलले आफ्नो रिसमा विद्यालयले छोरीलाई प्रहार गरेको भन्दै छोरीको पढ्न पाउने नैसर्गिक अधिकारको रक्षा गर्न हार्दिक अपिल गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment