Comments Add Comment

च्याम्पियनस लिग क्रिकेटको ड्र सार्बजनिक

८ साउन काठमाडौं । च्याम्पियनस लिग क्रिकेटको ड्र सार्बजनिक भएको छ । ड्र अनुसार इण्डियन पि्रमियर लिग क्रिकेट आईपीएलको च्याम्पियन कोलकत्ता नाइट राइडर्सले समूह चरणमै चेन्नइ सुपर किङ्ससँग भिड्ने भएका छन् ।

पूर्व बिजेता
२००९ एनएसडब्लु ब्लुज, अस्ट्रेलिया
२०१० चेन्नइ सुपर किंग्स, भारत
२०११ मुम्बइ इन्डियन्स, इन्डिया
२०१२ सिड्नी सिक्र्सस, अस्ट्रेलिया
२०१३ मुम्बर्इ इन्डियन्स, भारत

समूहमा एमा कोलकत्ता र चेन्नइसँगै पर्थ र डल्पिन छ भने एक टोली छनोट चरणबाट छानिनेछ । यस्तै समूह बीमा किंग्स इलाभेन पन्जाब, केप कोब्रा, होबाट हुरिक्यान्स र क्यारेबिएन च्याम्पियन छ । क्वालिफायरको एक टिम पनि समूह बीमा हुनेछ ।

लाहोर लायन्स, मुम्बर्इ इन्डियन्स, नरदन नाइट्स, साउदन एक्सप्रेसले क्वालिफायर म्याच खेल्नेछन् र दुई टोली अघिल्लो चरण पुग्नेछ । मुम्बर्इ इन्डियन्स डिफेन्डिङ च्याम्पियन हो ।

प्रतियोगीताको विजेताले ६ मिलियन अमेरिकी डलर पाउने छ । प्रतियोगिता १७ सेप्टेम्बरदेखि भारतमा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment