Comments Add Comment

मेट्रो ट्राफिक एफएम दोस्रो वर्षमा

८ साउन, काठमाडौं । नागरिकलार्इ उपत्यकाको ट्राफिक व्यवस्थानसम्बन्धी सूचना र ज्ञान दिन सञ्चालन गरिएको मेट्रो ट्राफिक एफएम प्रसारण शुरू भएको दुई वर्ष पुरा भएको छ । नेपाल प्रहरीले संचालन गरेको ट्राफिक एफएमले ०६९ साउन ८ देखि नियमित प्रसारण शुरु गरेकोथियो ।

Metro Trafic FMबिहीबार आयोजित बार्षिकोत्त्सव कार्यक्रमका प्रमुख अतिथि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायबमहानिरीक्षक केशबप्रसाद अधिकारीले एफएम संचालनपश्चात उपत्यकाको सवारीव्यवस्थापनमा सहज भएको बताए । एफएम व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका अधिकारीले सर्वसाधरणलाई ट्राफिक गतिविधिका सूचना र ज्ञान प्रदान गर्दै उपत्यकाको ट्राफिक अवस्थाबारे जानकारी गराउन एफएमलार्इ अझै प्रभावकारी र गुणस्तरीय बनाउने बताए ।

‘उपत्यकाको ट्राफिक अवस्थाबारे सडक प्रयोगकर्तालाईजानकारी गराउन एफएम स्थापना गरिएको हो’, अधिकारीले भने, ‘अपराधबिरुद्ध चेतनामुलक सामग्री प्रसारण गरीसुरक्षित समाज निमार्ण गर्नुपनि ट्राफिक एफएमको जिम्मेवारी हो ।’

प्रहरी कर्मचारी नै प्रस्तोता रहेको ट्राफिक एफएमले चेतनामुलक मनोरञ्जक कार्यक्रम पनि चलाउने गरेको छ । बार्षिकोत्सवका अवसरमा ट्राफिक प्रहरी महाशाखामा भएको रक्तदान कार्यक्रम६० जनाले रक्तदान गरे । कार्यक्रमका प्रमुख अतिथि अघिकारीले एफएमका उत्कृष्ट कर्मचारीहरू प्रहरी निरीक्षक अमेरन्द्र प्रसाद सिंह, प्रहरी सहायक निरीक्षक रोशन थापा,हवल्दार रमेश खत्री, जवानरुपनारायण चौधरी, जवान रेशम परियार र कार्यालय सहयोगी रिश्मा थापालार्इ पुरस्कृत गरे ।

कार्यक्रममा एफएमकोसाप्ताहिक कार्यक्रम जागरणमार्फत कानुनी सल्लाह दिने अधिवक्तावलभद्र खनाललाई पनि प्रसंसापत्र प्रदान गरियो ।एफएममा २२ जना प्रहरी कर्मचारी कार्यरत छन् । ट्राफिक एफएम बिहान५ देखि साँझ ८ बजेसम्म प्रसारण हुन्छ । ५ सयवाट क्षमताको ९५.६मेगाहर्जको ट्राफिक एफएम उपत्यका र आसपासका जिल्लामा सुनिन्छ ।साप्ताहिक र दैनिक गरी ३० वटाबढी कार्यक्रम एफएमबाट बज्ने गरेका छन् ।

रोशन थापाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment