Comments Add Comment

घिसिङ भन्छन- स्थानीयको अान्दोलनमा मेरो संलग्नता छैन्

८ साउन, काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको प्रवन्ध सञ्चालकबाट हटाइएका कुलमान घिसिङले स्थानीयबासीको आन्दोलनमा आफ्नो सलंग्नता नभएको बताएका छन् । घिसिङको पुनर्वहालीको माग गरी स्थानीयबासीले जलविद्युत कार्यालयहरुमा तालाबन्दी गर्दै आन्दोलन गरिरहेका छन् ।

घिसिङले निर्माणाधिन आयोजनाहरुलाई निर्धारित समय, लागत र गुणस्तरमा सम्पन्न गर्नेतर्फ सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह समेत गरेका छन् । ‘आयोजनाहरु समयमै सम्पन्नगर्न/गराउन म चिलिमे जलविद्युत कम्पनीमा रहे वा नरहेपनि मेरो पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता पनि यसै विज्ञप्ति मार्फत सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छु’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment