Comments Add Comment

स्नातक तह प्रथम वर्ष परीक्षा भदौ ९ गतेदेखि (तालिकासहित)

९ साउन, काठमाडौं । त्रिभुवन विश्व विद्यालयले प्रविणता प्रमाणपत्र तह दोस्रो वर्ष तथा स्नातक तह पहिलो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले सार्वजनिक सुचना जारी गरी २०७१ सालमा सञ्चालन गरीने स्नातक तह प्रथम वर्षमा प्रथम पटक परीक्षा दिने विद्यार्थीको नियमित तथा प्राइभेट अन्तर्गत मानविकी, कानुन र शिक्षा शास्त्र संकायको परीक्षाको तालिका सार्वजनिक गरेको छ । उक्त परीक्षा २०७१ भदौ ९ गते विहान सात बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।
त्यस्तै त्रिवि अन्तर्गत २०७१ सालमा सञ्चालन गरिने ४ वर्षे स्नातक तह प्रथम वर्ष प्रथम पटक परीक्षा दिने विद्यार्थीको पनि परीक्षा तालिका सार्वजनिक भएको छ । बल्खुले जारी गरेको सूचना अनुसार उक्त परीक्षा आगामी २०७१ भदौ ९ गतेदेखि सुरु हुनेछ । परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । त्यस्तै प्रविणता प्रमाणपत्र तह दोस्रो वर्षको परीक्षा पनि आगामी भदौ ९ गतेदेखि सञ्चालन हुनेछ । परीक्षा १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।
तीन वर्षे स्नातक तह पहिलो वर्षको परीक्षा तालिका

rutin-ba-1-3rd
चार वर्षे स्नातक तह पहिलो वर्षको परीक्षा तालिका

rutin-ba-1-4th
प्रविणता प्रमाणपत्र तह दोस्रोवर्षको परीक्षा तालिका

rutin-pcl-2nd

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment