Comments Add Comment

संघर्षमा माओवादी झुक्छ कि भन्ने चिन्ता छ : महरा

९ साउन, काठमाडौँ । एकीकृत माओबादीका महासचिव कृष्णबहादुर महराले विस्तारवाद र साम्राज्यवादविरुद्धको संघर्षमा माओबादी झुक्ने हो कि भन्ने चिन्ता बढेर गएको बताएका छन् ।krishna bahadur mahara

नेपाली सामन्तवाद विविध रुपमा अस्तित्वमा रहेका कारण थप संघर्षको आवश्यकता रहेको भन्दै महराले राजनीतिक क्रान्ति सम्पन्न भइसकेको भन्ने प्रवृत्ति पार्टीभित्र विकास हुँदै गइरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

जनसंचार अभियान क्लबमा शुक्रवार कौशीकी गणेश भण्डारी विशेषांक विमोचन कार्यक्रममा महराले विस्तारवाद र साम्राज्यवादसँगको संघर्ष थप घनिभूत बनाउनुपर्ने बताए । ‘सामन्तवादको अवशेष, आर्थिक, राजनैतिक क्षेत्रमा विभिन्न खाले रुपमा अझै क्रियाशिल छ’, उनले भने,’हामी झुक्ने होइन, त्यसको अन्त्यको लागि फेरि संघर्ष गर्नु छ ।’

विगतको शसस्त्र संघर्ष तत्कालीन समयको आवश्यकता भन्दै महराले अब नयाँ खाले शान्तिपूर्ण संघर्ष गर्नुपर्नेमा जोड दिए । सबै माओबादी र प्रगतिशील, देशभक्त नागरिकहरु अब एक ढिक्का भएर सामन्तवाद, विस्तार र साम्राज्यवाद विरुद्ध लड्नुपर्ने बेला आएको उनको जिकिर थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment