Comments Add Comment

मध्यविन्दु सामुदायिक अस्पतालको सम्पूर्ण सेवा ठप्प

१२ साउन, नवलपरासी । नवलपरासिको कावासोति नगरपालिका १६ मा रहेको मध्यविन्दु सामुदायिक अस्पातालको सम्पूर्ण सेवाहरु गएराति देखि ठप्प भएको छ ।

अस्पताल प्रशासनका अध्यक्ष महेन्द्र पोखे्रल र सहसचिव बालकृष्ण घिमीरेले मादक पदार्थ सेवन गरी अस्पतालका प्रमुख डाक्टर किरण सोतीलाई अपशब्द प्रयोग गरी गाली गरेकाले सोको विरोधमा अस्पतालको सेवा ठप्प गरिएको सोतीले बताए । राति १२ बजेबाट अस्पतालको आकस्मितसहितका सेवा ठप्पा पारिएको छ ।
अस्पतालमा आकस्मिक सेवासमेत वन्दहुँदा सर्वसाधारणहरु मर्कामा परेका छन् । बिहानैवाट स्वास्थ्यजांचकालागि आएका सवै विरामिहरु अन्यत्र जान वाध्य भएका छन् ।
समितिका अध्यक्ष र सहसचिव दुवैको विरुद्धमा प्रहरीमा उजुरि दिने तयारि पनि रहेको वताउदै डा. सोतिले सहसचिव र आंफूबीच भएको सम्पूर्ण कुराकानी आफुले रेकर्ड गरेको बताए ।
अध्यक्षले यसअघि पनि पटक पटक व्यक्तिगत रुपमा तथा तथानाम गालि गलौंच गर्ने गरेको र अहिले अत्ति नै भएकोले अस्पतालका सवै सेवा वन्द गरेर विरोध गरेको सोतिले बताए ।
समितिका सहसचिव घिमीरेले भने आफुहरु गएराति छड्के जांचमा गएको र अस्पताल वन्द भएको वा नभएको भन्ने जानकारी नपाएकोले अस्पताल प्रशासनलाई बोलाएर यसबारे छलफल गरिने बताए । डाक्टर सोतीले लगाएको आरोपको बारेमा भने उनले केही भनेनन् ।
दिपेन्द्र रेग्मि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment