Comments Add Comment

प्रहरीद्वारा ७० किलो चाँदी र ३० तोला सुनसहित ५२ लाख रूपैयाँ बरामद

१२ साउन, इटहरी । दुई दिनअघि प्रहरीले धरान-४ का दीपक अग्रवालको घरमा लुकाई राखेको अवस्थामा ७० किलो चाँदी तथा ३० तोलाभन्दा बढीको सुनका गरगहना र ५२ लाख नगद बरामद गरेको घटनालाई सार्वजनिक गरेको छ ।gold

प्रहरीले सामानसहित घरधनी दीपक अग्रवाललाई समेत नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेका दीपक धरान-८ स्थित औद्योगिक क्षेत्रमा रहेको महेश प्लास्टिक उद्योगका सञ्चालक हुन् ।बरामद भएको सामान दीपकको घरभित्र खाटमुनि लुकाई राखेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ । दीपकको घरबाट बरामद भएको सामान सुनिल अग्रवालको भएको दीपकको भनाइ रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार दीपकले सो सामान आफ्नो नभइ सुनिल अग्रवालको भएको र सुनिलले नै आफ्नो घरमा राखेर गएको बताएको छ । सुनिल दीपकको श्रीमतीको आफन्त भएका कारण सामान राखेर गएको र के सामान राखेको समेत आफूलाई थाहा नभएको दीपकले प्रहरीमा बयान दिएको प्रहरीको भनाइ सार्वजनिक भएको छ ।

सुनिल अग्रवाल सुनचाँदी व्यवसायी सङ्घ सुनसरीका अध्यक्षसमेत हुन् । उनको धरान-३ मा डिएस बुलियन नामको सुन पसल रहेको छ । उनी लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको रहस्य खुलेका कारण प्रहरीले उनको खोजी गरिरहेको बताएको छ । हाल सुनिल आफन्त बिरामी भएर भारत गएको उनको पारिवारिक स्रोतले जनाएको छ । प्रहरीले बरामद गरेको सुनचाँदी तथा नगद दीपकको नभइ सुनिलकै भएको सुनचाँदी व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष मोहनकाजी शाक्यले समेत पुष्टि गरेका छन् । उनले सुनिल आफन्त बिरामी भएर उपचारका लागि गएको र घरमा कोही नभएका कारण सुरक्षाका लागि दीपकको घरमा आफूले सुनचाँदी र नगद राखेर गएको बताएको पनि जानकारी दिएका छन् ।

विशेष सुराकीको आधारमा प्रहरीले दीपकको घर छापा मारेर सामान बरामद गरेको हो । बरामद भएको सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाउने इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।  प्रहरीका अनुसार भारतको जोगवनीबाट तस्करी गरेर सुनचाँदी धरान ल्याइँदै गरेको सूचनाको आधारमा प्रहरीले सुनसरीको खनारबाट पक्राउ गर्न इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाको नेतृत्वको एक टोली खनार पुगेको भए पनि पक्राउ गर्न सकेका थिएनन् ।

विराटनगरबाट अर्कै बाटो हँुदै धरान पुगेको सुराकी पाएपछि प्रहरीले दीपककै घरमा छापा मारेको प्रहरीको दाबी रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment