Comments Add Comment

सिंगापुरबाट फर्केर ओलीले भने- राष्ट्रपतिलाई अनुमोदन गर्नुपर्छ

KP oli

१३ असार, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनअघि नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमति असक्षरशः पालना नभए सत्ता गठबन्धनमा संकट आउने संकेत गरेका छन् ।

एक साता सिंगापुरमा उपचार गराएर फर्किएका ओलीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने-‘सातबुँदे सहमति दराजमा थन्क्याउनका लागि गरिएको होइन’ । ओलीले राष्ट्रपति र उपराष्ट्रपतिलाई व्यवस्थापिका संसदले अनुमोदन गर्नुपर्ने वा नयाँ निर्वाचनमा जाने बाहेक अरु विकल्प नभएको स्पष्ट पारे ।

कांग्रेस एमालेबीचको सातबुँदे सहमतिमा संसदबाट राष्ट्रपति उपराष्ट्रपतिको अनुमोदन गर्ने र नयाँ संविधान जारी भएपछि यी दुवै संस्थाका साथै सभामुखको पनि निर्वाचन गर्ने उल्लेख छ ।कांग्रेसले राष्ट्रपति अनुमोदनको कुरा सकिएको भन्दै त्यसलाई अस्वीकार गरिरहेका बेला प्रमुख सत्तारुढ घटक एमालेले यो विषय नछाड्ने स्पष्ट संकेत गरेको छ । ओलीले अब पार्टीको महाधिवेशनले निर्देश गरे बमोजिमक एमालेले आफ्नो कदम अघि बढाउने बताए ।

ओलीलाई स्वागत गर्न विमानस्थलको विशिष्ठ कक्षमा कार्यवाहक अध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, सचिवहरु पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, प्रदीप ज्ञवाली लगायतका नेताहरु पुगेका थिए । ओलीलाई स्वागत गर्न कार्यकारी राजनीतिबाट बिदा लिएका बयोबृद्ध नेता भरतमोहन अधिकारी समेत विमानस्थल पुगेका थिए ।

उनी प्रायः नेताहरुलाई स्वागत वा बिदाइ गर्न जाने गरेका थिएनन् । ओली दाहिने हात सुन्निने फंगल समस्याको उपचार तथा आफ्नो स्वास्थ्यको चेकजाँचका लागि गत साता सिंगापुर गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment