Comments Add Comment

शुक्लाफाँटामा बाघको सङ्ख्या बढयो

१३ साउन, काठमाडौं । बासस्थानमा आएको सुधार र पर्याप्त आहारा उपलब्धताका कारण शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पाटेबाघको सङ्ख्या बढेको छ ।

शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आव २०७०/७१ मा बाघको सङ्ख्या बढेर १८ देखि २१ पुगेको आरक्ष कार्यालयका सहायक संरक्षण अधिकृत चन्द्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर पार्ने सरकारी योजनाअनुरुप बाघको चोरी सिकारी नियन्त्रण र बासस्थान सुधारमा जोड दिँदा बाघको सङ्ख्यामा बढोत्तरी भएको छ ।

आव २०६६/६७ मा गणना गरिएका बेला आरक्षमा आठदेखि १४ वटा बाघमात्रै देखा परेका थिए । आरक्षबाहेक लाला झाडी मोहना संरक्षित क्षेत्रमा समेत पाटेबाघ पाइने गर्दछ । आरक्षको ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा बाघको बासस्थान पहिचान गरी संरक्षणका कार्यक्रम लागू गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment