Comments Add Comment

कर्णालीको अनिकाल हटाउन काठमाडौंमा गोष्ठी

१५ साउन, काठमाडौंमा । कर्णाली क्षेत्रको खाद्यान्न संकटको समाधान खोजी गर्न कर्णालीबासी काठमाडौंमा सक्रिय हुन थालेका छन् । कर्णालीको कृषिको अवस्था र सम्भावनाबारे कर्णाली विकास आयोग र कर्णाली क्षेत्रका सरकारी अधिकारीसहित सरोकारवाला निकाय साझा धारणा बनाउन जुटेका हुन् ।

राष्ट्रिय कृषि नीति तथा कार्यक्रम कर्णालीको वस्तुस्थिती र माग अनुसार हुँदा अनिकालग्रस्त क्षेत्रका रुपमा रहिरहेको टिप्पणी हुने क्रम बढेपछि कर्णालीबारे सरोकार राख्नेहरु समान धारणा बनाउन जुटेको कर्णाली कृषि तथा खाद्य सरोकार समुहका संयोजक मायाराम महतराले बताए ।

कर्णालीका कृषिको अवस्था र सम्भावनाबारे कर्णाली विकास आयोगले तयार पारेको दश वर्षे कृषि योजनामा आधारित रहेर सबै क्षेत्रको समान धारणा बनाउन कणर्ालीका हुम्ला, मुगु, जुम्ला, कालिकोट, र डोल्पा तथा छिमेकी जिल्ला बाजुराका कृषि र पशु कार्यालय प्रमूख, कृषि र पशुका क्षेत्रीय निर्देशक, कर्णाली विकास आयोगका पदाधिकारी र कृषि विज्ञ जुटेका हुन् ।

काठमाडौंमा दुई दिनसम्म चल्ने कार्यक्रमले कर्णाली क्षेत्रको कृषिको अवस्थाको समान पहिचान गर्दै सम्भावना पहिचान गर्ने कर्णाली विकास आयोगका अध्यक्ष डा. कलबहादुर रोकायाले बताए । कर्णालीमा अन्य क्षेत्रभन्दा फरक हावापानी र भूगोल भएको भएपनि विश्वव्यापीकरणका समस्याले अझै परनिर्भर हुँदै गएको अर्थराजनीतिक विष्लेषक डा. हरि रोकाले बताए ।

शुक्रबारसम्म चल्ने कर्णालीको कृषि विशेषता, संभावना र चुनौति विषयक कार्यक्रमले तय गरेको सामुहिक अवधारणालाई शनिबार सरकारी अधिकारीको उपस्थितिमा सार्वजनिक गर्ने कर्णाली कृषि तथा खाद्य सरोकार समुहले जानएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment