Comments Add Comment

मोदीले नेपाल नआउँदै बिगारे प्रचण्ड र वैद्यको सम्बन्ध

१५ साउन,काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आशन्न नेपाल भ्रमणका कारण प्रचण्ड र मोहन वैद्य नेतृत्वका दुई माओवादीको सम्बन्ध बिगि्रएको छ । भारतसँग गरिने व्यापार सम्झौताविरुद्ध सडक आन्दोलन गर्ने निर्णयमा हस्ताक्षर गरेका प्रचण्डले प्रेस वक्तव्यसम्म निकाल्न नमानेको माओवादी सचिव देव गुरुङले आरोप लगाएका छन् ।

उर्जा सम्झौताको विरोधमा आवश्यक परे सडकमा जाने निर्णय भएको थियो, तर प्रचण्ड वक्तव्य दिनसम्म तयार हुनुभएन- गुरुङ

‘व्यापार सम्झौताको विरोधमा पाँच दलले संयुक्त वक्तव्य निकाल्ने, सरकारसँग कुरा राख्ने र आवश्यक परे सडक आन्दोलनमा समेत जाने निर्णय भएको थियो,’ माओवादी सचिव गुरुङले अनलाइनखबरसँग भने- ‘तर, सडकमा जाने त टाढाको कुरा, उर्जा सम्झौताको विरोधमा वक्तव्य दिनसम्म प्रचण्ड तयार हुनुभएन ।’
Baidhya and prachandaमाथिल्लो कर्णाली र अरुण तेस्रोमा प्रचण्डले हस्ताक्षर गरिसकेको हुनाले त्यसबाट पछि हट्न नसकेको गुुरुङको आरोप छ ।

‘निजी क्षेत्रलाई दिनुपर्छ भनेर प्रचण्डजीहरुले अरुण तेस्रो र माथिल्लो कर्णालीको ‘एमओयू’मा सही गरिसक्नुभएको छ’ गुरुङले अनलाइननखबरसँग भने, ‘यसैले गर्दा राष्ट्रिय स्वाधीनताको कुरा गर्ने नारायणकाजी श्रेष्ठसमेत पीटीए गर्नुपर्छ भन्दै कस्सिएर हिँडिरहनुभएको छ ।’

‘संसारमा यस्तो कहाँ छ ?’
माओवादी सचिव देव गुरुङले आफूहरु पनि भारतसँग विद्युत व्यापार सम्झौता गर्नै हुँदैन भन्ने पक्षमा नरहेको तर, अहिले गर्न लागिएको सम्झौता राष्ट्रघाती हुने बताए । भारतीय कम्पनीले निकाल्ने विजुली नेपालको राष्ट्रिय प्रसारण लाइनमा नजोडी सीधै भारत लान पाउने गरी विद्युत व्यापार सम्झौता हुन लागेकाले आफूहरुले आपत्ति जनाएको गुरुङले अनलाइनखबरलाई बताए ।
‘विद्युत व्यापार सम्झौता गर्दा हुन्छ, तर माथिल्लो कर्णाली वा अरुण तेस्रोबाट निकालिने विद्युत नेपालकै राष्ट्रिय प्रसारण लाइनमा जोडिनुपर्छ,’ गुरुङले भने- ‘राष्ट्रिय प्रसारणमा नजोडी निजी कम्पनीलाई सीधै विदेश लान दिने संसारमा यस्तो कहाँ छ ?’
गुरुङले अनलाइनखबरसँग भने- ‘विदेशी निजी कम्पनीले नेपालबाट उत्पादन गर्ने विजुली पहिले हाम्रो राष्ट्रिय प्रसारण लाइनमा जोडिनुपर्छ, राज्यले पहिले आफ्नो देशमा खपत गर्छ र उबि्रएको खण्डमा अन्तरदेशीय लाइनमार्फत विदेशमा बेच्छ, विजुली राज्यले बेच्न पाउनुपर्छ ।’dev-gurung
भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा जलविद्युत परियोजनालाई छुट्याएर विद्युत व्यापार सम्झौतामात्रै गर्ने भनिए पनि विदेशीलाई विद्युत निर्यात गर्न दिने र देशलाई लोडसेडिङमा राख्ने षड्यन्त्रमूलक सम्झौताको तयारी भइरहेको गुरुङले दाबी गरे । यो षड्यन्त्रमा एमाओवादीसमेत सहभागी भएको र आन्दोलनबाट भागेको उनले गुनासो गरे ।
प्रचण्डले धोका दिए पनि ३३ दलले राष्ट्रिय स्वाधीनताको आन्दोलन जारी राख्ने गुरुङले बताए । मोर्चामा आवद्ध अन्य घटकहरु भने एकमत रहेको उनले बताए ।
यसैैवीच, विहीबार बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका वैद्य माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले भारतीय प्रधानमन्त्री मोदी नेपाल आएपछि आइतबार दिउँसो १२ बजे डिल्लीबजारस्थित भोजनगृहमा ‘जलस्रोतमाथि भारतीय हस्तक्षेप’ विषयक अन्तरक्रिया गर्ने र दिउँसो २ बजे रत्नपार्कमा विरोध प्रदर्शन आयोजना गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment