Comments Add Comment

हराएको मूर्ति भेटिएपछि बाजागाजासहित भित्र्याइयो

१६ साउन, भक्तपुर । हराएको पाँच महिनापछि फेला परेको मूर्ति भक्तपुर जिल्ला अदालतबाट स्थानीयले बाजागाजाका साथ मन्दिरमा लगेका छन् ।
भक्तपुरको लोकन्थलीमा रहेको सिद्धीकाली गणेशको मूर्ति गत फागुन १३ गते हराएको थियो । बौद्ध प्रहरीले मूर्ति चोरीमा संलग्न एक जनासहित गत असार १३ गते फेला पारेको मूर्ति थिमी प्रहरीलाई बुझाएको थियो ।
जिल्ला अदालत भक्तपुरले सो मूर्ति बिहीबार कानुनी प्रक्रिया पूरा गरी स्थानीयलाई हस्तान्तरण गरेको हो ।
एक फिट अग्लो र चार किलो ३ सय ग्रामको ढलौटको उक्त मूर्ति प्रत्येक वर्षको बिस्केट जात्रामा खटमा राखेर टोलटोल घुमाएर जात्रा गर्ने परम्परा रहेको बिस्केट जात्रा व्यवस्थापन मूल समितिका अध्यक्ष जगतकृष्ण प्रजापतिले बताए ।
जात्रा मूल व्यवस्थापन समितिले मूर्ति फिर्ता गर्न सहयोग गर्ने बालकोट प्रहरी वृत्तका प्रहरी नायव निरीक्षक सन्तोष केसी, जिल्ला अदालत भक्तपुरका श्रेस्तेदार खड्गराज अधिकारी र तहसिलदार दिलीपराज पन्तलाई सम्मानसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment